© २०२३
काठमाडौं ।
चर्चित कलाकार घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्यारिकेचरमार्फत दर्शकमाझ चिनिएका गौतमको गएराति निधन भएको हो।
गौतम विगत दुई वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेका थिए। भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्पतालमा उपचाररत रहेका उनी उपचारकै क्रममा अन्तिम साँस लिए।
रंगमञ्च, सडक नाटक, रेडियो नाटकदेखि कचहरी नाटकसम्ममा सक्रिय गौतम बहुपक्षीय अभिनय क्षमताका धनी थिए। उनको अभिनयले सामाजिक, राजनीतिक तथा व्यङ्ग्यात्मक सन्देश दिन महत्वपूर्ण योगदान पुर्याएको थियो।
रङ्गमञ्चमा उनले छोडेको प्रभाव अब स्मृतिमा मात्र सीमित हुनेछ। नेपाली कला क्षेत्रमा उनको योगदान सधैं सम्झिरहने छ।