ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

कपिलवस्तु नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

कपिलवस्तु, २० जेठ ।

कपिलवस्तु नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । तोकिएको उमेर समूहका बालबालिकालाई खोप सुनिश्चितता भएको भेटिए पछि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख आचार्यले कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गरेका थिए । कपिलवस्तु नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सँगै जिल्लालाई घोषणाको कार्यले सार्थकता पाउन थालेको जनाउँदै आगामी दिनमा पनि खोपको कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेकोमा प्रमुख आचार्यले जोड दिए ।

खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोप लगाउनका लागि अभिभावकलाई सचेत बनाउन सबैको भुमिका महत्वपुर्ण रहने कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । घोषणा पुर्व पालिकाको १२ वटै वडाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविकाले फिल्डस्तरमा गरेको परिश्रमको नतिजालाई घोषणाको रुपमा लिनु पर्ने उनको भनाई थियो ।

नगरका १२ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको कपिलवस्तु नगरपाकिलाका स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्ताले बताए । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरदैलो सर्वेक्षण गरी बैशाखमा खोज र खोप अभियान चलाएको गुप्ताले बताए ।

उनले घरधुरी सर्वेक्षणको प्रतिवेदनमा भेटिएका शुन्यदेखि १५ महिनाका १ हजार ८ सय ९४ जना, १६ देखि २३ महिनाका १ हजार ५ सय ७, शुन्य देखि १५ महिनाको ड्रप आउट २० जना र १६ देखि २३ महिनाको ड्रप आउट भएका बालबालिका १ सय १५ जना लाई खोप लगाएको सुनिश्चितता पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले प्रष्ट पारे ।

उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याएका स्वास्थ्यकर्मीहरु सिर्जना भट्टराई, सुमित्रा ज्ञवाली, सुरेश गुप्ता, गोरख चौधरी, रमेश शर्मा, सुभाषचन्द्र यादव, मोहम्मद नुमान, कमला पन्थी, हरि नारायण चौधरी, वसन्त पौडेल, सिद्धार्थ काजी बज्राचार्य र गोविन्द चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, वडाध्यक्षहरु, स्वास्थ्य चौकीका कर्मचारी, सरोकारवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?