© २०२३
चन्द्रौटा, २० जेठ ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षालाई प्राथमिकता दिने बताएका छन् । आगामी बजेटमा शिक्षा क्षेत्रमा रहेका समस्यालाई मध्यनजर गर्दै प्राथमिकता दिने उनले बताए ।
शैक्षिक कार्यक्रम, सार्वजनिक सुनुवाइ तथा वार्षिक कार्यक्रमको बजेट माथि भएको छलफलमा उनले यस्तो बताए । सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकालाई विद्यालय पुर्याउने, टिकाउ र सिकाउने जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड्दिनु पर्ने बताए ।

शैक्षिक गुणस्तरीयता वृद्धिका लागि हरेक तवरले लगानी गर्दै गाउँपालिकाले लागेको उनले बताए । विद्यार्थीलाई अनुशासित, संस्कारी र मर्यादित वातावरण बनाउन नैतिक शिक्षा आवश्यक रहेको थापाले बताए । कार्यान्वयनमा अध्यक्ष थापाले जोड दिदैँ शिक्षामा बढी बजेट विनियोजन गर्ने योजना रहेको समेत उनको भनाइ छ ।
यसैबिच पालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सरकारले लिएका लक्ष्य र उद्देश्य अनुसार विद्यालयको मर्ज र नक्शाङ्का विषयमा बढ्ने बताए । यस्तै शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले पालिकाको स्रोत साधनले भ्याएसम्म आवश्यकता अनुसार पालिकाले शिक्षक, भवन निर्माण, स्तरोन्नति, शैक्षिक सामग्रीको उपलब्ध गराएको साथै खेलकुद पनि जोड दिएको उनले बताए ।
गाउँपालिका सभाहल खडैचामा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुको आयोजना र विजयनगर गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा समितिका पदाधिकारी, मदरसाका मौलाना लगायत सरोकारवालाबिच छलफल भएको महासङ्घका अध्यक्ष डिलाराम भुसालले जनाए ।