ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

आइपिएल क्रिकेट फाइनल: उपाधि कसको पोल्टामा ?

संयोग यस्तो छ, यी दुई टोलीमध्ये जसले जित हासिल गरे पनि उपाधि भने पहिलो पटक हासिल गर्नेछ ।
२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

बर्दघाट, २० जेठ ।

सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइ पि एल) को अठारौँ संस्करणको उपाधि होडका लागि मंगलबार पन्जाब किड्ड र रोयल च्यालेन्जर बेँगलुरु भिड्दै छन् । संयोग यस्तो छ, यी दुई टोलीमध्ये जसले जित हासिल गरे पनि उपाधि भने पहिलो पटक हासिल गर्नेछ । कुल १० टिम सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट ४ मा मुम्बई इन्डियन्स, पन्जाब किड्ड, रोयल च्यालेन्जर बेँगलोर र गुजरात टाइटन्स उपाधिका लागि प्लेअफको यात्रा तय गरेका थिए । अँक तालिकाको आधारमा पन्जाब र बेँगलोर क्वालिफायर १ मा भिडेका थिए, पन्जाबलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै बेँगलोर फाइनल पुग्ने पहिलो टोली बनेको थियो ।

फाइनल यात्राका लागि एलिमिनेटर १ मा गुजरात र मुम्बई बिच भिडन्त भएको थियो । उक्त खेलमा मुम्बई ले गुजरातलाई २० रनले पराजित गर्दै क्वालिफायर २ मा आफूलाई सुरक्षित गरेको थियो । लिगको अङ्कतालिकामा पहिलो स्थानमा रहेको पन्जाब क्वालिफायर १ मा बेँगलोरसँग पराजित भए पनि क्वालिफायर २ मा इलिमिनेटर १ विजेतासँग पुनः भिड्न पाउने मौकालाई सदुपयोग गर्दै मुम्बई लाई ५ विकेटले पराजित गर्दै पन्जाबले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

क्वालिफायर १ मा निकै फितलो प्रदर्शन गरेको पन्जाबले क्वालिफायर २ मा मुम्बई सँगको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । मुम्बई ले दिएको २ सय ४ रनको लक्ष्य पाएको पन्जाबले कप्तान श्रेयश ऐयरको उत्कृष्ट पारी (४१ बलमा ८७ रन) को मद्दतले १ ओभर बाँकी छँदै ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेटाएको थियो । पन्जाबले मुम्बई को छैटौँ पटक उपाधिका लागि भिड्ने सम्भावनालाई क्वालिफायर २ मा समाप्त पारेको थियो ।

आइपिएलको १८ औँ संस्करणसम्म आइपुग्दा फाइनल भिडन्त हुने दुवै टोलीले हालसम्म उपाधि हात पार्न सकेका छैनन् । जुन टोलीले फाइनल जिते पनि उपाधि पहिलो हुनेछ । यसअघि सम्पन्न प्रतियोगिताबाट मुम्बई र चेन्नइ ५—५ पटक, कोलकाता नाइट राइडर्स ३, राजस्थान रोयल्स, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले १—१ पटक उपाधि चुमेका छन् । यसअघि सम्पन्न १७ वटा संस्करणमा पन्जाब ५ पटक लिग चरण पार गरी प्लेअफ सम्म स्थान बनाउन सकेको छ । पन्जाब एक पटक (२०१४) मात्र फाइनलमा स्थान बनाउन सफल रहेको थियो । २०१४ मा बेँगलुरुमा भएको सातौँ संस्करणको प्रतियोगितामा पन्जाबलाई कोलकाता नाइट राइडर्सले ३ विकेटले पराजित गर्दै उपाधि चुम्नबाट रोकेको थियो ।

आइपिएलमा सर्वाधिक फ्यान फलोइङको तेश्रो स्थानमा रहेको र अभागी टोली भनेर चिनिने रोयल च्यालेन्जर बेँगलुरु १८ औँ संस्करणसम्म आइपुग्दा ९ पटक प्ले अफ यात्रा तय गरेको छ । बेँगलुरु २००९, २०११ र २०१६ गरी ३ पटक फाइनलमा प्रवेश गरे पनि उपाधि भने चुम्न सकेको छैन । २००९ मा डेक्कन चार्जर्स सँग ६ रनको झिनो अन्तरले पराजित भएको बेँगलोर २०११ मा चेन्नइ सँग ५६ रनको फराकिलो अन्तरले हार ब्यहोर्दै स्तब्ध भएको थियो । २०१६ मा पुनः फाइनल यात्रा तय गरे पनि सनराइजर्स हैदरावाद सँग ८ रनको अन्तरले पराजित भएसँगै आइपिएल उपाधि विहीन बन्न पुगेको थियो ।

पन्जाब र बेँगलुरु हेड टु हेड
आइपिएलको १८ औँ संस्करणसम्म आइपुग्दा पन्जाब र बेँगलुरु ३६ पटक आमने सामने भएका छन् । रोचक त के छ भने यि दुवै टोलीले समान १८–१८ जित हासिल गरेका छन् । पहिलो सँस्करण देखी १८ औँ सम्म आइपुग्दा पन्जाबले २००८, २०१३, २०१४, २०१७, २०२० र २०२२ मा बेँगलुरुलाई क्लिन स्वीप गरेको छ भने २०१०, २०१६, २०१८, २०१९, २०२३ र २०२४ मा पन्जाबलाई क्लिन स्वीप गरेको छ । जारी प्रतियोगितामा यी दुई टोली लिगमा २ पटक र प्ले अफमा १ पटक भिडेका छन् । लिगमा दुवै टोलीले १–१ जित हात पार्दा प्लेअफमा भने बेँगलोरले पन्जाबमाथि ६० बल बाँकी छँदै ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रभाव पार्न सक्ने खेलाडी
जारी आइपिएलमा विदेशी खेलाडी भन्दा भारतीय खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेको छ । फाइनल प्रवेश गरेका दुई टोली पन्जाब किँगस र रोयल च्यालेन्जर बेँगलोरमा पनि उत्कृष्ट भारतीय खेलाडीहरूले भरिएका छन् । पन्जाब किँगसमा कप्तान श्रेयश ऐयर लयमा रहेका छन् । उनले जारी आइपिएल मा कुल १६ म्याचमा ६ सय ३ रन बनाएका छन् । उनी टिममा सबैभन्दा भरपर्दा ब्याटरका रूपमा रहेका छन् । ओपनर प्रबसिमरनले १६ खेलबाट ५ सय २३ र अर्का ओपनर प्रियान्स आर्या निकै आक्रामक खेल्न सक्ने ब्याटर हुन् । उनले १६ खेलबाट ४ सय ५१ रन बनाएका छन् । तिन प्रमुख ब्याटर बाहेक नेहाल वडेरा, जोस इङ्लिस पनि ब्याटिङ फर्ममा रहेका छन् । उनीहरू मध्य क्रममा ब्याटिङमा उत्रिँदा खेलको दिशा परिवर्तन गर्न सक्ने खेलाडीका रूपमा रहेका छन् ।पन्जाबको प्रभाव पार्न सक्ने बलरहरूमा अर्सदिप सिँह, यजुवेन्द्र चहल र मार्को यानसन रहेका छन् ।

जारी आइपिएलमा अर्सदिपले १८ विकेट लिएका छन्, यस्तै यानसनले १६ र चहलले १५ विकेट लिएका छन् । रोयल च्यालेन्जर बेँगलुरु पनि स्टार खेलाडीले भरिएको छ । विराट कोहली बेँगलुरुका प्रमुख खेलाडी हुन उनले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । कोहलीले १४ खेलबाट ६ सय १४ रन जोडेका छन् । बेँगलुरुको ब्याटिङ पक्षमा रजत पाटिदार, फिल साल्ट लगायतका खेलाडी रहेका छन् भने लियाम लिभिङ्गस्टोन, टिम डेभिड, कुनाल पाण्ड्या, रोमारियो सेफर्ड जस्ता अलराउण्ड समेत रहेका छन् ।

बेँगलुरुको बलिङ्ग आक्रमणमा जोश हेजलउड निकै लयमा छन् उनले २१ विकेट लिइसकेका छन् । यस्तै कुनाल पाण्ड्या, भुवनेश्वर कुमारको कसिलो बलिङ्गले पन्जावलाइ उच्च रन बनाउनबाट रोक्न सक्छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा मंगलबार नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुने फाइनल खेलमा दुई टोलीमध्ये जसले जित हासिल गरे पनि १८ औँ संस्करणको आइपिएल बाट थप एक टोलीले आइ पि एल विजेताको ताज पहिरिँदै इतिहासमा नाम लेखाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?