ट्रेंडिंग:

>> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए

समुदाय र शिक्षकको योगदानले स्कुलमा छात्रावास

२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

सल्यान, २० जेठ ।
न त सरकारी बजेट, न त कुनै संस्था वा सङ्घसंस्थाको सहयोग । विद्यालयमै अध्यापन गराउने शिक्षक, व्यवस्थापन समितिका सदस्य र समाजका अगुवाहरूको योगदानबाट सल्यानको एक सामुदायिक विद्यालयमा छात्रावास सञ्चालन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. ५ स्थित तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत विद्यालयले विपन्न बालबालिकाहरूका लागि छात्रावास सञ्चालन गरेको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर वलीले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विपन्न बालबालिकाको सुविधाका लागि छात्रावास सञ्चालन गरिएको बताए । यस शैक्षिक सत्रमा सहारा विहीन, आर्थिक रूपमा विपन्न ३० बालबालिकालाई छात्रावासमा राख्ने योजना रहेको भन्दै उनले हालसम्म २५ बालबालिका छात्रावासमा बस्दै आइरहेको जानकारी दिए ।

२०४६ सालमा स्थापना भएको यस विद्यालयमा ७१ जना विद्यार्थीले पढ्छन् । बाल विकासदेखि कक्षा ५ सम्म सञ्चालन भएको जनकल्याण आधारभूत विद्यालयको छात्रावासमा आमाबुवा नभएका, आमाले अर्कैसँग विवाह गरी गएका, अन्य परिवारका सदस्यसँग आश्रित बालबालिका र आर्थिक रूपमा निकै कमजोर परिवारका बालबालिकालाई राखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीले कुनै निकायबाट आर्थिक सहयोग नपाउँदा पनि समुदाय पछि नहटेर छात्रावास सञ्चालन गरेको बताउँछन् । “शिक्षक र समितिका सदस्यहरूले व्यक्तिगत रूपमा रकम सङ्कलन गरी छात्रावास सञ्चालन गरिरहेका छौँ,” उनले भने । उनका अनुसार भान्सादेखि बालबालिकाको हेरचाहसम्मको जिम्मेवारी पनि समुदायकै सदस्यहरूले बोकिरहेका छन् ।

व्यवस्थापन समिति सदस्य चन्द्रा रेउलेले तीन महिनासम्म खाना पकाउने तथा सरसफाइको जिम्मा लिएकी छन् भने शिक्षक धना रेउलेको छात्रावासमै बसेर साँझ बिहान अतिरिक्त पठनपाठन गर्ने प्रतिबद्धता छ । यता शारदा नगरपालिकाले छात्रावासको दिगो सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ । नगरप्रमुख प्रकाश भण्डारीले विद्यालयले गरेको कार्य अत्यन्त प्रशंसनीय रहेको भन्दै भवनलगायत अन्य आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?