© २०२३
काठमाडौँ ।
गण्डकी प्रदेशको राइड सेयरिङ नियमावली विरुद्धको सार्वजनिक यातायात व्यवसायीको आन्दोलन अन्त्य हुने भएको छ। सोमबार गृह मन्त्रालयमा भएको वार्तामा संघीय सरकारले नियमावली तत्काल कार्यान्वयन नगर्न प्रदेश सरकारलाई आग्रह गर्ने सहमति बनेको हो।
भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। व्यवसायीले नियमावली खारेज नभए पनि स्थगन भए आन्दोलन फिर्ता लिने बताएका छन्।
तर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियमावली खारेज नहुने स्पष्ट पारेका छन्। संघीय सरकारको सिफारिसपछि टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।