© २०२३
काठमाडौं,१९ जेठ।
पोखरामा अलपत्र परेका ५६४ यात्रुलाई कास्की प्रहरीले विशेष स्कर्टिङ गरी उनीहरूलाई आफ्नो गन्तव्यतर्फ पठाएको छ।कास्कीका डीएसपी हरिबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले पोखराबाट गन्तव्यतर्फ जान नपाएका ती यात्रुहरुलाई सहयोग गरेको हो।
बस्नेतसहित सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाबाट खटिएको टोलीले पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारी काठमाडौं र ३ वटा सवारी चितवनतर्फ गरी जम्मा १७ सवारीसाधनमार्फत यात्रुहरुलाई पठाएको प्रहरीले जनाएको छ।यस कदमले अलपत्र यात्रुहरुको यात्रालाई सहज बनाएको छ।