ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

देवदहमा ‘कुकुरशाला’

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

बुटवल, १९ जेठ ।

सडकका छाडा चौपाया व्यवस्थापन र संरक्षण गर्न गौशाला खोलिएका छन् । विभिन्न कारणबाट सडक आश्रित हुन पुगेका मानिसहरूलाई मानव आश्रम स्थापना भएका छन् । मानिसहरूको सुरक्षा दिने पहिलो घरपालुवा जनावर कुकुर भने सडकमा लावारिस अवस्थामा भोकै, घाइते र विभिन्न रोगबाट ग्रसित भएर हिँडेको पाउँछौ ।

छाडा कुकुरहरूलाई व्यवस्थित र उपचार गर्न देवदह नगरपालिकाको चरङेमा कुकुर उपचार केन्द्रको स्थापना भएको छ । यशोधा पार्वती फाउन्डेसनको सहयोग र अल केयर प्रालिको अगुवाइमा छाडा कुकुरहरूको उपचार केन्द्र स्थापना भएको हो । छाडा कुकुर उपचार केन्द्रको भवन उद्घाटन, फाउन्डेसनबाट डग एम्बुलेन्स हस्तान्तरण गर्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले छाडा कुकुरहरूलाई पनि जीवन जिउन पाउने अधिकार रहेको उल्लेख गर्दै मानव सेवा जत्तिकै महत्त्वपूर्ण पशु सेवा पनि भएको बताए । यो अभियानबाट समाजमा सकारात्मक सन्देश जाने उनले बताए ।

यशोधा पार्वती फाउन्डेसनका अध्यक्ष चुन्न प्रसाद पौडेलले छाडा कुकुरका कारण समुदायमा विभिन्न घटनाहरू घटिरहेको भन्दै यसलाई व्यवस्थापनको सोचलाई अघि सारेको बताए । केन्द्र स्थापनाको प्रेरणा ६ वर्षअघि केही युवाहरूले सुरु गरेको निःस्वार्थ अभियानबाट पाएको उल्लेख गरे । ‘तिनै युवाहरूको समर्पणलाई संस्थागत गर्दै यो अभियानलाई फाउन्डेसनले निरन्तरता दिएको हो ।’–उनले भने । कतिपय मानिसहरूले कुकुरलाई सडकमा छाडिदिँदा उनीहरूमा अन्य जङ्गली जनावरको सम्पर्कका कारण रोगहरू देखिन्छ । यिनै कुकुरहरूबाट सहरी क्षेत्रमा रेबिजको सबैभन्दा बढी खतरा छ । कुकुरको टोकाइबाट मानिसमा ¥यालबाट सर्ने र धेरै जोखिमपूर्ण सङ्क्रमण रेबिज हुने गर्छ ।

यशोधा फुडका सञ्चालक तथा फाउन्डेसनका संरक्षक कमल किशोर मालपानीले घरपालुवा जनावर कुकुर सहरी क्षेत्रमा उपेक्षित अवस्थामा छोड्नु हाम्रो सामाजिक र नैतिक कर्तव्यको विपरीत हुने हुँदा यसको संरक्षणलाई अघि बढाएको बताए । सडकमा रोगी र घाइते अवस्थामा अलपत्र अवस्थामा रहेका छाडा कुकुरहरूको उपचार, बन्ध्याकरण, रेखदेख तथा संरक्षणका लागि केन्द्र स्थापना गरिएको उनले बताए । छाडा कुकुरलाई व्यवस्थित गर्न यो केन्द्र मार्फत ‘मानव–जनावर सहअस्तित्वको उदाहरण’ स्थापित गर्न खोजिएको उनको दाबी छ ।

कार्यक्रममा फाउन्डेसनका सदस्य नरिश्वर पौडेलले ६ जना युवाहरूको अगुवाइमा सुरु गरिएको अभियानलाई सार्थकता दिनेगरि फाउन्डेसन लागेको बताए । ६ वर्षअघि निस्वार्थ रूपमा सडकका छाडा कुकुरहरू उपचार गरिरहेका युवाहरूलाई फाउन्डेसनमार्फत सहकार्यमा जोडेको उनले बताए । केन्द्रमा घाइते, बिरामी, अशक्त र छाडा कुकुरहरूको निःशुल्क उपचार, सर्जरी, बन्ध्याकरण, रेखदेख र पुनः स्थापना गरिने उनले बताए । साथै, केन्द्रले जनचेतनामूलक कार्यक्रम, रेबिज नियन्त्रण पहल तथा कुकुरलाई खाद्य व्यवस्थापन पनि गर्दै जानेछ ।

अल केयर प्रालिका दिपक रिजालले विगतमा विभिन्न दाताहरूको साथ र सहयोगबाट बुटवलका सडकमा भेटिएका छाडा कुकुरलाई खाना, उपचार दिएको स्मरण गरे । यो सेवा अभियान होइन युवाहरूको दायित्व हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै जाँदा अहिले फाउन्डेसनको सहकार्यमा उपचार केन्द्र स्थापना गर्न सफल भएको उनले बताए ।  यहाँबाट सर्जरी र आपत्कालीन उपचार सेवा, रेबिज रेकर्डिङ तथा भ्याक्सिन कार्यक्रम, बन्ध्याकरण क्याम्प, डग एम्बुलेन्स सेवा लगायत उपलब्ध हुने रिजालले बताए ।

‘हामीले कुकुरको स्वास्थ्य, सरसफाइ र उपचारमा प्रविधिमैत्री सेवा दिन खोजेका छौँ ।’–उनले भने । युवाहरूको अग्रसरता, उपचार सामाग्रीको व्यवस्थापन र प्राविधिक सहयोगले गर्दा अहिलेको कुकुर उपचार केन्द्र अझ प्रभावकारी बन्दै गएको उनले बताए ।  कार्यक्रममा कामधेनु गौशाला देवदहका संरक्षक सोमराजजी महाराजले धार्मिक र सांस्कृतिक पक्षबाट समेत कुकुरको महत्व रहेको कुरा प्रकाश पारे । हिन्दु धर्ममा भैरवको वाहन र धार्मिक रूपमा पूजनीय जनावर हो । वर्षको एक दिन कुकुर तिहार मनाइए पनि बाँकी दिनमा तिनको अवस्था पीडादायी हुन्छ । यस्तो अवस्थामा कुकुरको धार्मिक, सामाजिक र नैतिक महत्वलाई ध्यानमा राखी गरिएको संरक्षण प्रयास सराहनीय भएको उनले बताए ।
कार्यक्रममा वडाध्यक्ष एक बहादुर सुनार, वडाध्यक्ष मोहन जिसी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्याल, फाउन्डेसनका सदस्य सुनन्धा मालपानीले जीव मात्रको पीडा बुझ्नु मानवको धर्म भएको बताए । कुकुर जस्तै वफादार प्राणीलाई संरक्षण गर्नु पुण्यको काम भएको भन्दै जनावरलाई सेवा गर्नु नै मानव धर्म हो भन्ने विश्वास बोकेका महाराजले एकातर्फ कुकुरलाई धार्मिक रूपमा भैरवको वाहन मानी पूजा गरिए र अर्कोतर्फ सहरी क्षेत्रमा छाडा कुकुरले रेबिजको जोखिम बढाइरहेको बेला यो महत्त्वपूर्ण अभियान सुरु भएको बताए । सार्वजनिक स्वास्थ्यमैत्री र पशु सेवा दुवैलाई जोड्ने यस्तो प्रयास अन्य स्थानमा पनि चलाउन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?