ट्रेंडिंग:

>> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने

त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जना यात्रु फिर्ता

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

काठमाडौं, १९ जेठ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्ला दिनहरूमा भिजिट भिसाको नाममा विदेश जान खोज्नेहरूमाथि अध्यागमनले कडाइ गरेको छ। यही कारण ८ जेठदेखि १८ जेठसम्मको १० दिनको अवधिमा ६६६ जना नेपाली यात्रुहरूलाई विदेश जान नदिइ फर्काइएको छ। तीमध्ये सबैभन्दा धेरै संख्या संयुक्त अरब इमिरेट्स (यूएई) जान खोज्नेहरूको रहेको छ। ४३७ जना यूएईतर्फ उड्न लागेकाहरुलाई अध्यागमन कार्यालयले बाटो छेकिदिएको हो। यस्तै, ओमान, कतार, मलेसिया र कम्बोडिया जान खोज्नेहरू पनि रोकिएका छन्।

यस कडाइको सुरुवात गृह मन्त्रालयका सहसचिव तथा अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि सुरु भएको हो। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र आर्थिक लेनदेनको आरोपमा उनलाई ७ जेठमा नियन्त्रणमा लिइएपछि अध्यागमन कार्यालयमा एकाएक सतर्कता बढाइएको हो। यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरू समेत मुछिएका कारण यो विषय राजनीतिक तहमा समेत चासोको केन्द्र बनेको छ।

विगतमा पनि भिजिट भिसाको आडमा नेपाली युवाहरूलाई कामको लोभ देखाएर अवैध रूपमा विदेश पठाउने क्रम चल्दै आएको थियो। त्यसैले अध्यागमन विभागले यसअघि नै ट्राभल एडभाइजरीमार्फत ६ बुँदे नयाँ नियम लागू गरेको थियो। अब भिजिट भिसामा विदेश जान चाहनेले कम्तीमा छ महिनाको वैधता भएको राहदानी, दुईतर्फी टिकट, आवश्यक भिसा, कम्तीमा ५०० डलर बराबरको विदेशी मुद्रा, र होटेल बुकिङ वा आफन्तसँग बस्न लागिएको प्रमाण देखाउनै पर्ने छ। यीमध्ये कुनै पनि कागजात नपुगेको खण्डमा अध्यागमनले यात्राको अनुमति दिने छैन।

विमानस्थलको अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार, रोकिएका यात्रुहरूमध्ये अधिकांशसँग आवश्यक कागजातहरू अधुरा थिए वा उनीहरूको यात्रा शंकास्पद देखिएको थियो। उनले भने, “हामीकहाँ कुनै व्यक्तिगत पूर्वाग्रह छैन, तर भिजिट भिसाको आडमा हुने आपराधिक गतिविधिलाई रोक्न यो आवश्यक छ।”

भिजिट भिसाको नाममा वैदेशिक रोजगारी वा मानव तस्करीका घटनाहरू पटक–पटक सार्वजनिक हुँदै आएका छन्। त्यसैले यात्रुहरू स्वयं पनि सचेत बन्न आवश्यक छ, ताकि उनीहरूको यात्रा सहज र कानुनी रुपमा सुरक्षित होस्। सरकारी संयन्त्रले सुरक्षा मजबुत पार्न थालेको बेला अब यात्रुहरूको तयारी पनि त्यत्तिकै बलियो हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?