© २०२३
काठमाडौँ ।
आइसीसी विश्वकप लिग–२ मा नेपालले जितका लागि स्कटल्यान्डबाट २ सय ९७ रनको लक्ष्य पाएको छ।
स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रनको योगफल तयार पारेको हो।
स्कटल्यान्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रनको योगदान दिए। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दा करण केसीको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट भए।
फिन्ले एमसी क्रेथले ६७ बलमा ३ चौका र १ छक्का सहयोगमा ५५ रन बनाए। म्याथु क्रसले ३९ रन थपे। कप्तान रिची वेरिङटोनले ४० र माइकल लिस्कले १८ रन थपे।
नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछानेले एक विकेट झारे।
नेपालका लागि रिजन ढकाल सर्वाधिक महंगा सावित भए। उनले आफ्नो स्पेलमा २ विकेट लिएर ७८ रन खर्चे।
करण केसी सबैभन्दा किफयती बने। उनले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।