ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

रुस माथि युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु विमान पार्‍यो ध्वस्त

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

किभ, १९ जेठ ।

युक्रेनले ४१ रुसी लडाकु विमान नष्ट गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार युक्रेनले मुर्मान्स्कको ओलेन्या एयर बेस, इर्कुट्स्कको बेलाया एयर बेस, इभानोभोको इभानोभो एयर बेस र रुसको ड्यागिलेभो एयर बेसलाई निशाना बनाउँदै ४१ लडाकु विमान नष्ट गरिदिएको दाबी गरेको हो ।

रुसको बेलाया एयरबेस युक्रेनी सीमाबाट ४ हजार किलोमिटर टाढा छ । यो रूसको साइबेरिया क्षेत्रमा अवस्थित छ। रिपोर्टका अनुसार युक्रेनको सुरक्षा एजेन्सीले यो हमला गरेको थियो, जसमा फर्स्ट पर्सन भ्यू (एफपीभी) ड्रोन प्रयोग गरिएको थियो। जसले रूसको ए–५०, टीयू–९५ र टीयू–२२ जस्ता रणनीतिक बम वर्ष विमानलाई निशाना बनाएको थियो ।

एक एसबीयू अधिकारीले भने कि उनीहरूले आत्मरक्षाका लागि यो आक्रमण गरेका हुन । किनकि, यी रूसी विमानहरूले प्रायः युक्रेनी सहरहरूमा बम खसालिरहेका थिए।

रुसले युक्रेनको यो छुपारूस्तम आक्रमणले क्षति भएको स्विकारेको छ । प्रारम्भिक अनुमान अनुसार क्षतिको लागत २ अर्ब अमेरिकी डलर भन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

अचम्म त यो छ कि भोली सोमबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुन लागेको र सीमापार भिडन्त तिब्र भएको बेला यो हमला भएको हो।युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयूं) ले आफ्नो ड्रोनले रुस भित्र धेरै टाढा गएर टियु–९५, टियु–२२ जस्ता ठूला बमवर्षक र ए–५० जस्ता महँगो जासुसी विमानलाई क्षति पुर्याएको दाबी गरेको छ । जसमध्ये ए–५० विमान धेरै दुर्लभ विमान हुन किनभने यो रूससँग मात्र १० विमानहरू छन्। एउटा विमानको मूल्य करिब ३५० मिलियन डलर रहेको बताइएको छ ।

रुसको इर्कुत्स्क क्षेत्रमा रहेको ‘बेलाया’ नामक एयरबेसलाई विशेषगरी यस हमलामा निशाना बनाइएको थियो । ‘ओलेन्या’ एयरबेसमा पनि आगलागी भएको खबर आएको छ तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।टियु–९५ र टियु– १६० जस्ता विमानहरू पुराना हुन सक्छन् तर पनि तिनीहरू लामो दूरीसम्म उड्न सक्छन् र धेरै मिसाइलहरू बोक्न सक्छन्। यी रूसी वायु सेनाको सबैभन्दा शक्तिशाली हतियारमा गणना गरिन्छ। ति बिमानहरूको क्षति युक्रेनको लागि ठूलो उपलब्धि मानिएको छ । युक्रेनले पनि आफ्नो ड्रोन मिसन जारी रहने बताएको छ।

ओलेन्या एयर बेस रूसको मुर्मन्स्क क्षेत्रमा छ। त्यहाँका गभर्नरले शत्रुको ड्रोनले आक्रमण गरेको बताए तर उनले धेरै जानकारी साझा गरेका भने छैनन्। यद्दपी, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एफपीभी ड्रोन नजिकको ट्रकबाट उडेको देख्न सकिन्छ।मिडिया रिपोर्टका अनुसार एसबीयूले यो आक्रमणको लागि करिब १८ महिनादेखि तयारी गरिरहेको थियो। उनले यो अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिएको थियो । यो मिसन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफैंले अनुगमन गरिरहेका थिए। एकै समयमा यो एसबीयू प्रमुख वसिल मलिकको निरीक्षणमा भइरहेको थियो।

युक्रेनी मिडिया रिपोर्टका अनुसार ड्रोनहरू पहिले रसियामा गुपचुप तरिकाले पठाइएको थियो र त्यसपछि लरीहरूमा राखिएको काठको क्याबिनहरूमा लुकाइएको थियो। जब आक्रमण गर्नु पर्ने थियो, ती ट्रकहरूबाट ड्रोनहरू निशानामा प्रक्षेपण गरिएको थियो।युक्रेनी एजेन्टहरूले गोप्य रूपमा एफपीभी ड्रोन र काठको मोबाइल क्याबिनहरूमार्फत रूसमा गुपचुप लगेका थिए। यी ड्रोनहरू ट्रकको छाना मुनि लुकाइएको थियो, जसलाई टाढाबाट नियन्त्रण गर्न सकिन्थ्यो। जब आक्रमण सुरु भयो । ट्रकहरूको छाना खुल्यो र कामिकाजे ड्रोनहरू सीधा रूसी बम वर्ष बिमानतिर पठाइयो।

त्यसो त एक्सियोसले युक्रेनी अधिकारीलाई उद्धृत गर्दै युक्रेनले आक्रमण गर्नुअघि ट्रम्प प्रशासनलाई जानकारी दिएको बताएको छ ।रुसको टेलिग्राम च्यानलले फुटेज साझा गरेको छ, जसमा केही व्यक्ति ट्रकमा चढेर ड्रोनलाई रोक्न खोजिरहेका छन्। विभिन्न रूसी सैन्य एयरबेसका तस्बिरहरूले जलेको विमान र आगोको मुस्लो देखाएको छ तर कुल क्षतिको अझै सही अनुमान गरिएको छैन।मस्को नजिकै भोस्क्रेसेन्स्कमा जलिरहेको एयरबेसको भिडियो पनि बाहिर आएको छ, ड्रोनले टियु ९५ लडाकु विमानलाई नष्ट गरेको देखाएको छ। करिब ४०,००० डलर लागतको एफपिभी ड्रोन विमानको नजिकै रोकिन्छ र रूसी विमानलाई निशाना बनाउँछ। बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०२५ मा रुससँग ४० वटा टु–९५ लडाकु विमान हुनेछन् । यसमा ४ इन्जिन छन् र धेरै हतियार बोक्न सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?