ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मेयर कप क्रिकेटको उपाधि वडा नम्बर २ लाई

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

कपिलवस्तु, १९ जेठ ।

कपिलवस्तुको तौलिहवामा सम्पन्न आठौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा जेठ ३ गतेदेखि गते सुरु भएको प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ लाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर २ ले उपाधि जितेको हो । जेठ ३ गते देखी ८ गते सम्म निर्धारित प्रतियोगिता वर्षाका कारण अवरुद्ध भएर लम्बिएको थियो । प्रतियोगिताको फाइनलमा टस जितेर पहिले ब्याटिड्ड गरेको वडा नम्बर १२ ले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय १ रनको योगफल तयार पारेको थियो । वडा नम्बर १२ का लागि ब्याटिगंका क्रममा १२ का आर्यन मिश्राले ३४ रन बनाएका थिए । त्यसै गरि वडा नम्बर २ का सरफुद्दिन गद्दीले ४ विकेट र आकाश यादवले ३ विकेट लिएका थिए ।

१ सय २ रनको विजय लक्ष्य पाएको वडा नम्बर २ ले १२ ओभर ४ बलमा तीन विकेटको क्षतिमा १ सय ३ रन जोड्दै उपाधि हात पारेको हो । वडा नम्बर १२ का पवन गुप्ताले १८ बलमा ३६ रन र शिव कुमार मौर्यले २३ बलमा ३३ रन जोड्दै वडा नम्बर २ लाई जिताएका थिए । बलिगं तर्फ वडा नम्बर १२ का इरफान अलीले २ विकेट लिए । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर २ का आकाश यादव भएका थिए ।  प्रतियोगितामा पहिलो भएको वडा नम्बर २ लाई नगद रु ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र सहित र उपविजेता वडा नम्बर १२ लाई नगद रु ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । नगर प्रमुख सुदिप पौडेल, सङ्घीय सांसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्य, प्रदेशसभा सांसद सुधाकर पाण्डेय, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, ५ का अध्यक्ष दिरेप कुमार चौधरी र वडा नम्बर १२ का अध्यक्ष ईन्सान अली धुनिया, शिक्षा शाखा प्रमुख युवराज भुसाल लगायतले विजेतालाई शिल्ड र पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

प्रतियोगितामा म्यान अफ द म्याच भएका वडा नम्बर १२ का विजय कुमार उपाध्यायलाई नगद ५ हजार, बेष्ट ब्याट्सम्यान वडा नम्बर १२ कै रमजान अली धुनिया र बेष्ट बलर वडा नम्बर १२ कै जीवन मौर्यलाई नगद ३-३ हजार सहित शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा बोल्दै सांसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले नगरमा आयोजित प्रतियोगिता सहितका अन्य खेलमा पनि खेलाडीले आफ्नो प्रतिभाको प्रदर्शन गरेर जिल्ला र देशकै नाम राख्न सक्नु पर्ने बताए । उनले क्रिकेट सहितका अन्य खेलमा समेत खेलाडीका लागिको सिर्जना र प्रतिभा प्रदर्शन आवश्यक रहेकोमा जोड दिए । आफूहरूले गरेको निर्वाचनको प्रतिबद्धता अनुसार खेल मैदानको स्तरोन्नतिका लागी सङ्घीय सांसद आचार्यले गत वर्ष १ करोड र यस वर्ष ३ करोड बजेट व्यवस्थापन गरेर खेललाई बढवा दिएको प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए ।

कपमा प्रतिभा देखाएका खेलाडीले अन्य स्थानमा समेत अवसर पाउनेमा विश्वस्त रहेको उनको भनाइ थियो । नगर र जिल्लाकै खेलाडीको प्रतिभा उजागर गराउनका लागी आवश्यक पर्ने खेल मैदान निर्माण व्यवस्थापनमा बजेट व्यवस्थापन गरेर सङ्घीय सांसद आचार्यले उदाहरणीय कार्य गरेको नगर प्रमुख सुदिप पौडेलले बताए । खेल र खेलाडीको लागी खेल मैदानको निर्माणले ठुलो अवसर सिर्जना गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेको भनाई थियो । जेठ महिनामै आयोजना हुन थालेको पुर्व खेलाडीको स्मृति कपमा समेत युवा खेलाडीले प्रतिभा प्रदर्शनको अवसर पाउनेमा उनले विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?