Butwal Today

नेपाली नोटमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न सांसद थापाको सुझाव

१९ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौं, १९ जेठ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेपाली रुपैयाँको नोटमा राष्ट्र एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह र शान्तिका प्रतीक गौतम बुद्धको तस्वीर राख्न सुझाव दिएका छन्।

संसद्को अर्थ समितिको सोमबारको बैठकमा बोल्दै थापाले यस्ता ऐतिहासिक व्यक्तित्वहरूको तस्वीर राखिएमा नोटको “इज्जत” अझै बढ्ने धारणा राखे। उनले भने, “म गणतन्त्रवादी हुँ, राजावादी होइन। गणतन्त्र ल्याउन लडेकै हो। तर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका व्यक्ति हुन्, उहाँको फोटो नोटमा राखिनुपर्छ।”

सांसद थापाले नेपाललाई विश्वले शान्तिको भूमि भनेर चिनेको बताउँदै, गौतम बुद्धको फोटो पनि नोटमा समेटिनुपर्ने बताएका छन्। बैठकमा नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसमेत सहभागी थिए। गभर्नरले यसबारेमा तत्काल प्रतिक्रिया नजनाए पनि सांसद थापाको सुझावले नोटको डिजाइन र सांस्कृतिक प्रतिनिधित्वबारे बहस चुलिने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?