Butwal Today

२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

१८ जेष्ठ २०८२, आइतबार
अ+
अ-
काठमाडौँ, १८ जेठ ।
२५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।
कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रही उक्त बैङ्कमा सङ्कलन भएको बचत कर्ताहरूको २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्र वीर रायलाई पक्राउ गरिएको हो।
 ब्युरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैङ्कको समन्वयमा थप  अनुसन्धान कार्य भइरहेको जनाइएको छ। उनलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।