ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

रोटरी क्लब बुटवल चौतारीद्वारा मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

सितगंगा (अर्घाखाँची), १८ जेठ ।

रोटरी क्लब अफ बुटवल चौतारीले अर्घाखाँची सितगंगा नगरपालिकाका तीनवटा वडाका बासिन्दालाई लक्षित गर्दै मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

सितगंगा नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दाहरूलाई लक्षित गरी एक दिवसीय मेगा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । देउराली आधारभूत स्वास्थ्य केन्द्र, जुकेनामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता थियो ।

शिविरमा ४१२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । जसमा २९० महिला, १२२ पुरुष र ५० बालबालिका रहेका थिए । बिहानैदेखि स्थानीय बासिन्दाहरू लाइनमा उभिएर सेवा लिएका दृश्यले शिविरको सफलतालाई उजागर गरेको पनि उनले बताए ।

 रोटरी क्लब बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलकै नेतृत्वमा भएको कार्यक्रमको उदघाटन सितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले गरेका थिए । कार्यक्रममा उप प्रमुख गीता भाटको पनि उपस्थिति थियो । त्यस्तै कार्यक्रममा रोटरीयन प्रज्वल थान्जु, ओम जैसी, प्रमोद पन्थी, सुनील कासौधन, विजय खनाल लगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबका ४५ जना रोटरीयनहरूको सक्रिय सहभागिता रहेको थियो, जसमा संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, अध्यक्ष मनोनीत राजु अधिकारी, अध्यक्ष प्रस्तावित कपिल पोखरेल, सचिव खगेन्द्र बेलबासे लगायत अन्य पदाधिकारीहरू पनि सहभागी थिए ।

स्वास्थ्य सेवा प्रदान गर्ने टोलीको नेतृत्व डा. सुन्दर न्यौपाने, श्रीकान्त सुवेदी र कृष्ण जीसीले गरेका थिए । डाक्टरहरूको टोलीमा डा. अब्दुल सबुर खान, डा. आरती श्रेष्ठ, डा. विनोद पौडेल, डा. कृष्णकुमार यादव, डा. सन्तोष पाण्डे, डा. सन्ध्या अधिकारी र डा. प्रतिभा पन्थी लगायतले स्वयंसेवकका रूपमा सहभागी भएर स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।

वडाध्यक्ष ऋषि बहादुर रेश्मीले स्थानीय व्यवस्थापनमा सहयोग गरेका थिए भने रेडियो सितगंगाका अध्यक्ष नारायण शर्मा र स्थानीय पत्रकारहरूले पनि कार्यक्रमको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेलेको क्लवले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख पौडेल, उपप्रमुख गीता भाट, डा. घिमिरे, रोटरीयन थान्जु, रोटरीयन सुवेदी लगायतले मन्तव्य व्यक्त गर्दै रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए । त्यस्तै उनीहरुले एम्बुलेन्स हस्तान्तरणले आपतकालीन स्वास्थ्य सेवामा सुधारको नयाँ अध्याय सुरु गरेको पनि बताएका थिए ।

दाताहरूको उदार सहयोग र सम्पूर्ण टोलीको समर्पणका साथ सम्पन्न कार्यक्रमले “सेवा, सहयोग र समर्पणले नै समाजमा परिवर्तन सम्भव छ” भन्ने सन्देश दिएको उनीहरुको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?