ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन: नैनसिंह महर

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

काठमाडौँ, १८ जेठ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र काँग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने भए पनि राजनीतिमा यही प्रवृत्ति हाबी भइरहेको टिप्पणी गरेका छन्। काँग्रेस पाँचथरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा भित्ते पात्रो विमोचनलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्।

दुर्भाग्यवश सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्रलाई अगाडि सारिएको र त्यो प्रभावकारी हुन नसकेको उनले बताए। ‘यस्तो संयन्त्रलाई नेपालको संविधानले चिन्दैन। तर, दलहरूको सहमतिको आधारमा संयन्त्र बन्यो। ठिक छ। बनेको संयन्त्रले राम्रोसँग काम गर्नुपर्नेमा जिम्मेवारी बहन गर्न सकेको छैन’ उनले भने।

संयन्त्रले प्रमुख सत्तारुढ दल काँग्रेसको ओजलाई समेत सम्बोधन गर्न नसकेको उनको आरोप छ। ‘काँग्रेस मुलुककै ठुलो राजनीतिक दल हो। एकल बहुमत नहुँदा राजनीतिक अस्थिरतालाई स्थिर गतिमा लैजान काँग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। तर, वर्तमान स‌ंयन्त्र यो मर्मलाई बुझेर अगाडि बढेजस्तो देखिँदैन। संयन्त्रले काँग्रेसको ओजलाई बुझ्न सकेको छैन। प्रभावकारी काम पनि गर्न सकेको छैन,’ महरले टिप्पणी गरे।

यस्तै उनले पार्टीभित्रको पदाधिकारी बैठकको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। उनले करिब एक वर्ष हुँनै लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेको र पदाधिकारी बैठकका निर्णयलाई काँग्रेसको विधानले नचिन्ने भएकाले त्यसको औचित्यमाथि प्रश्न उठाएका हुन्।

‘केन्द्रीय समिति बैठकको नियम उल्लङ्घन गरेर बारम्बार विधानले नचिन्ने पदाधिकारी बैठकको निर्णय भन्दै बाहिर आउनु दुर्भाग्यपूर्ण छ। यो लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष होइन। प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक पद्धति अनुसार नै निर्णय हुनुपर्छ। केन्द्रीय समिति बैठक र कार्य सम्पादन समितिको बैठकबाट पार्टीका निर्णय अगाडि बढ्नुपर्छ,’ उनले भने।

पदाधिकारी बैठकबाट पार्टी अगाडि बढाइ १५औँ महाधिवेशनलाई प्रभावित पार्ने खेल भइरहेको महरले आरोप लगाएका छन्। आफ्नो जिम्माको काम कसैले पनि नगर्दा र यसरी पदाधिकारी बैठकबाट पार्टी सञ्चालन गर्दा महाधिवेशन प्रभावित हुने खतरा रहेको उनले बताए।

‘त्यसैले ८ लाख ८८ हजार काँग्रेसका क्रियाशील सदस्यले टोलबाट नै आफ्नो भागको काम गर्नुपर्छ। टोल, वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेशमा सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ। र, जिम्मेवार पदाधिकारीलाई केन्द्रमा दबाब दिनुपर्ने बेला आएको छ। त्यसपछि मात्र पार्टीको महाधिवेशन अगाडि बढ्ने छ,’ उनले भने। यस्तो हुन सके मात्र देश र पार्टीले गति लिन सक्ने महरको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?