ट्रेंडिंग:

>> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो

रेडक्रसको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

बुटवल , १८ जेठ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको अन्तर्गत रहेको रक्तसञ्चार सेवा समिति बुटवलको आयोजनामा सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । रेडक्रस सोसाइटीले गर्दै आएको सामाजिक सेवा भावको बारेमा जानकारी दिँदै आगामी दिनमा सेवा प्रवाहमा सरोकारवालाहरुसंगको सुझावलाई समेट्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा उप सभापति तथा शक्त सञ्चार सेवा समितिका संयोजक युवा समाजसेवी शुसिल गुरुङ्गले रेडक्रस सोसाइटीले  सामाजिक सेवा भावले लामो समय देखि काम गर्दै आएको जानकारी दिँदै आगामी दिनमा सेवा प्रवाहलाई के कसरी थप प्रभावकारी  बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको जानकारी  दिएका थिए । कार्यक्रममा बोल्दै युवा नेता समेत रहेका गुरुङ्गले भने–‘ हामीले गर्दै आएको कार्यक्रम मध्ये रक्तदान कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो, यसमा हामीले सेवा भवले सहजीकरण गर्दै आएका  छौँ ।’

रक्त सञ्चार सेवा प्रवाह, रगतको सहज प्रवाह देखि लिएर आगामी दिनमा गर्ने अगाडी बढाउने कार्यक्रमको विषयमा सुझाव लिनको लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए ।  सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनको लागि रेडक्रसले काम गर्दै आएको उपाध्यक्ष तथा रक्त सञ्चार सेवा समितिका  संयोजक गुरुङ्गले जानकारी दिए ।  एनले अहिले पनि रेडक्रसले के कसरी सेवा प्रवाहलाई सहजीकरण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित गर्ने दिशामा अगाडी बढेको बताए ।

कार्यक्रममा बोल्दै रक्त सञ्चार सेवा  समिति का पूर्व केन्द्रीय संयोजक महेन्द्र कुमार श्रेष्ठले रेडक्रस सोसाइटीले  रक्त सेवा  व्यवस्थापनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए  । उनले सबैको सहकार्यबाट मात्रै सामाजिक सेवा विकास हुने भन्दै रेडक्रसले कसैबाट पनि एक रुपैयाँ नाफा नलिईकन सेवा प्रवाह गर्दै आएको बताए ।

कार्यक्रममा रेडक्रस अभियन्ता रक्तसञ्चार सेवा समितिका सल्लाहकार विमल बहादुर शाक्यले  जहिले  पनि निरन्तर मानवीय सेवामा लाग्ने व्यक्ति आफैमा महत्त्वपूर्ण समाजसेवी भएको बताएका थिए । उनले रक्तदान कार्यक्रमलाई अव कसैको आयमा भर पर्नु भन्दा पनि  सबैले साझा पहलबाट  कार्य गर्नुको विकल्प नभएको बताए ।उनले रक्तदान सम्बन्धी सबैले तथ्याङ्क राख्नुपर्ने बताएका थिए ।

रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीले पालिकाले रुरुबासीहरुको लागि रुपन्देहीमा रेडक्रस सँगको सहकार्यमा सम्झौता गरी निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताए ।उनले पालिकाको स्थापना दिवसको अवसरमा वार्षिक कार्य योजना अनुसार नै रक्तदान कार्यक्रम गरिँदै आएको बताए । उनले ३–३ महिनामा खेरा जाने रगत दान गरेर अर्को मानिस ले अकालमा ज्यान जानबाट जोगाउन सकिने भन्दै रक्तदान सम्बन्धी भ्रम चिर्नु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा सरोकारवालाहरू तर्फबाट नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव  तथा जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रेडक्रसले प्रदान गर्ने कार्डलाई एप्स मार्फत डिजिटल बनाउनुपर्नेमा जोड दिए । उनले रक्तदान कार्यक्रम सँगै कुनै पनि  रक्तदाताको समस्या आउन नदिनको लागि यथेष्ट मात्रामा प्राविधिक र हेमोग्लोविनको परीक्षण समेत गर्नु अहिलेको आवश्यकता भएको बताएका थिए ।

यस्तै तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेले रक्तदान गर्ने सङ्घ संस्थाले प्रयोग गर्ने गाडी भ्यानमा लाग्ने शुल्क हटाउनुपर्ने माग गरे । नेपाल नियमित रक्तदाता संघका  दिपक अधिकारीले रेडक्रसले गर्ने आम्दानी र खर्चको विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिएका थिए ।  उनले गाडीलाई कमाऊ खाने भाडाको रूपमा विकास गर्न नहुने बताए ।
लालटिन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगागाल सापकोटाले रक्तदान कार्यक्रमलाई सुधार गर्न आवश्यक रहेको बताए ।

प्रयोग गर्ने उपकरण, बेड सहित सबै सुरक्षित र मोबाइल एप्लीकेशन अनुसार  कार्ड बनाउनुपर्नेमा जोड दिए ।  काउन बुटवल शाखा अध्यक्ष तिल बहादुर ह्स्किीमगरले मजदुरहरुको लागि बिदा नै लिएर सोही दिन रक्तदान कार्यक्रम गरिँदै आएको बताउँदै रक्तदान अभियानको लागि सचेतना आवश्यक रहेको बताएका थिए ।  सन्तोष खरेलले स्थानीय सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रममा स्थानीय पालिको सहकार्य हुनुपर्ने धारणा राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका अध्यक्ष राम चन्द्र उपाध्यायले आएका सुझावको पूर्ण कार्यान्वयनको लागि काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ  सेवा विस्तार गरिने बताए । कार्यक्रमको संयोजन रेडक्रसका मन्त्री टेक बहादुर थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?