ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बजेटले बढाएको उत्साह 

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटलाई लिएर निकै सकारात्मक प्रतिक्रिया व्यक्त भइरहेका छन् । बजेटको लक्ष्य भेट्टाउने चुनौती र दबाबका बिच अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट विगतको भन्दा धेरै राम्रो भन्दै प्रशंसा गर्ने क्रम जारी छ । यद्यपि बजेटको नकारात्मक पक्षका विषयमा पनि कुरा आइरहेका छन् । बजेटका विषयमा आ–आफ्नो कोणबाट टिप्पणी गर्ने नौलो विषय होइन । सत्तापक्षले बजेटको बचाउ गर्ने र विपक्षले नकारात्मक टिप्पणी गर्ने परम्परा छ । त्यही पनि निजी क्षेत्रले बजेटको सफल कार्यान्वयन भए यो बजेट उत्कृष्ट बजेट हुने प्रतिक्रिया दिएको छ । निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो बजेट कार्यान्वयनमा ध्यान दिने हो भने निश्चित रूपमा यसले नेपालको खस्कँदो अर्थव्यवस्था सुधारमा कोसेढुंगा साबित हुनेछ । आर्थिक वृद्धि सरदर ६ प्रतिशत रहने अनुमान सरकारको छ । जेहोस निजी क्षेत्रले विगतको भन्दा केही पृथक् बजेट भन्दै सकारात्मक टिप्पणी गरेको छ । जलश्रोत, कृषि, पर्यटन, उद्योग र व्यापार नेपालको आर्थिक विकासका मेरुदण्ड हुन ।

कृषि र रोजगारी सम्मृद्धिका दुई ठोस आधार हुन । अर्थमन्त्री पौडेलले कृषिको उत्पादन बढाउन जुन कार्यक्रम घोषणा गर्नुभएको छ, त्यो स्वागतयोग्य छ तर त्यसको कार्यान्वयनमा भने आशङ्का उत्पन्न हुनु स्वाभाविक छ । विदेशबाट फर्किएका नेपाली युवालाई स्वरोजगार बनाइने, आगामी वर्ष पर्यटक भित्राउन प्राथमिकता दिने बजेटमा घोषणा गरिएको छ । स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्ने बजेटमा उल्लेख छ । बजेटमा महिलालाई उद्योग दर्तामा शुल्क नलाग्ने प्रावधानले महिला उद्यमीलाई उत्साहित बनाएको छ । एक्जिम कोर्डको झञ्झट अन्त्य गरिएको छ । त्यसै गरी बजेटमा नेपालले पनि प्रविधि निर्यात गर्ने लक्ष्य राखिएको छ भने त्यसबाट १० लाखलाई रोजगारीको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । यो बजेट शत प्रतिशत कार्यान्वयनमा गयो भने यसले नेपालको आर्थिक विकासमा टेवा पुग्ने निश्चित छ । बजेट आउने तर त्यसको कार्यान्वयन नगर्ने हो भने यो बजेट पनि सारमा परम्परामुखी हुन सक्छ । तसर्थ जुन कार्यक्रम घोषणा भएको छ, त्यसको सत प्रतिशत कार्यान्वयन हुनुपर्दछ । धेरैले उही परम्परामुखी बजेट र आश्वासनको पोको जनतामाथि थोपर्ने काम भएको भन्दै टिप्पणी पनि गरेका छन् । तर, यो बजेट परम्पराभन्दा धेरै माथि उठेर आएको छ । बजेटले अतिरिक्त खर्चको भारी कटौती गरेको छ ।

कर्मचारीको तलब वृद्धि नभए पनि भत्तामा वृद्धि गरिएको छ । यो स्वागतयोग्य छ । सबै क्षेत्रलाई समेटेर बजेट आउनु आफैमा स्वागतयोग्य कुरा हो । सरकारले चालू आर्थिक वर्षको विकास बजेट खर्च गर्न समेत हम्मे हम्मे परिरहेको बेला नयाँ बजेट सार्वजनिक भएको छ । यो बजेटले पुँजीगत खर्च वृद्धिमा नयाँ रेकर्ड कायम गरोस् । सीमान्तकृत जनताका लागि राहत दिनेतर्फ बजेट केन्द्रित होस् । जनताको सिधा चासो र सरोकारको सन्दर्भमा बजेट राम्रो रहेको टिप्पणी छ । त्यसो त यो बजेट पुरानै परम्पराको एक निरन्तरता मात्र हो । बजेटमा लोकप्रिय कार्यक्रम छन्, ती कार्यान्वयनमा जानुपर्दछ । बजेटको विश्लेषण आ–आफ्नै चस्माले गर्ने परम्परा अहिले मात्र होइन धेरै पहिलेदेखि हुँदै आएको छ । बजेटले धेरै क्षेत्रलाई समेटेको छ । सबै क्षेत्रलाई समेटेर बजेट आउन आफैमा स्वागतयोग्य कुरा हो । सीमान्तकृत जनताका लागि राहत, दिर्घरोगीलाई मासिक पाँच हजार भत्ता र निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने बजेटको निरन्तरता सकारात्मक छ । जनताको सिधा चासो र सरोकारको सन्दर्भमा बजेट राम्रो रहेको टिप्पणी छ । खास गरी अहिले बढिरहेको महँगी नियन्त्रण गर्न बजेट सफल होस् । उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटको स्वागत गरेको छ तर कार्यान्वयन चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएको छ । विद्युतीय सवारी साधनमा कर बढाइएको छैन । बजेटको यो महत्त्वपूर्ण पक्ष हो । जेलोस् यो बजेटबाट धेरै क्षेत्रले उत्साह सिर्जना भएको प्रतिक्रिया दिएको छ । अव यो बजेटको सफल कार्यान्वयन होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?