Butwal Today

प्रधानमन्त्री ओलीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास

१८ जेष्ठ २०८२, आइतबार
अ+
अ-

नकपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र : एक सडक” कार्यक्रम अन्तर्गत ६४ वटा सडकको एकैसाथ शिलान्यास गरेका छन्। शुक्रबार जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित कार्यक्रममा उनले विद्युतीय माध्यमबाट सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्।

यो योजना मधेस प्रदेश सरकारको एक प्रमुख गौरव परियोजना हो, जसअन्तर्गत प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तीमा एक सडक निर्माण गरिनेछ। कार्यक्रमको आयोजना प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मुलुकको समावेशी विकासमा भौतिक पूर्वाधारको भूमिका महत्वपूर्ण हुने बताए। उनले मधेस क्षेत्रको विकासका लागि संघीय सरकार गम्भीर रहेको समेत स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?