Butwal Today

तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता 

१८ जेष्ठ २०८२, आइतबार
अ+
अ-

भैरहवा,१८ जेठ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७ औँ तिलोत्तमा मेयर कप खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।  मधवलिया ब्याडमिन्टन क्लबको व्यवस्थापनमा खुल्ला तथा ४५ वर्ष उमेर माथिका भेट्रान खेलाडीहरूलाई लक्षित गरेर ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । जेठ ३१ गते हुने प्रतियोगितामा ४० देखि ४५ वटा टिमलाई सहभागी गराइने तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले जानकारी दिए । पालिकाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताले खेलाडीको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको संयोजक पुनले जानकारी गराए। तिलोत्तमा १६ विहुलीमा रहेको मधवलिया ब्याडमिन्टन क्लबको कवर्ड हलमा प्रतियोगिता आयोजना गरिएको र आवश्यक तयारीमा जुटेको क्लबका अध्यक्ष केशव चौधरीले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने खेलाडीले मात्र भाग लिन पाउने अध्यक्ष चौधरीले जानकारी दिए । डबल पुरुष तर्फ प्रथम हुनेले ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रूपैया पुरस्कार पाउने क्लबका कोषाध्यक्ष अर्जुन सेनले जानकारी दिए । डबल पुरुष भेट्रान तर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिता ब्याडमिन्टनको विश्वव्यापी मान्यता अनुरूप खेलाइने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?