ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

गुल्मेली समाज जापानद्वारा नगर प्रमुखलाई सम्मान 

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

गुल्मी, १७ जेठ ।

जापानको औपचारिक भ्रमणको क्रममा जापान गएका मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवनलाई गुल्मेली समाज जापानले एक कार्यक्रमका बिच सम्मान गरेको छ । गुल्मेली समाज जापानको मुख्य आयोजना एवं मुसिकोटबाट जापानमा रहेका ९ वटै वडाका विभिन्न सङ्घसंस्थाको सह आयोजनामा उक्त सम्मान गरिएको हो । जापानको आईता प्रान्तस्थित बुङ्गो ओनो नगरपालिकाको निमन्त्रणामा नेपालदेखि जापान भ्रमणमा गएका नगर प्रमुख खरेललाई समाजको तर्फबाट स्वागत गर्दै उनलाई सम्मान गरिएको हो । सोही अवसरमा टोकियोमा नगर प्रमुखसँग अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो ।

गुल्मेली समाज जापानका अध्यक्ष एवं समाजसेवी महेन्द्र कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले मुसिकोटको विकासमा चासो व्यक्त गरेका थिए । उनीहरूले सिङ्गो मुसिकोटलाई कसरी संवृद्ध बनाउन सकिन्छ भन्ने विषयमा गहन रूपमा छलफल एवं अन्तर्क्रिया गरिएको गुल्मेली समाज जापानका प्रवक्ता एवं वामी सेवा समिति जापानका अध्यक्ष दिलीप थापाले जानकारी दिए । सम्मान कार्यक्रममा प्रमुख नगर प्रमुख खरेलले आफू मुसिकोटको समृद्धि र विकासमा लागि परिरहेको भन्दै उक्त कार्यमा मुसिकोटवासीहरूको सहयोग एवं सकारात्मक सुझावको अपेक्षा गरेका छन् । कार्यक्रममा गुल्मेली समाज जापान सहित विभिन्न संघसंस्थाहरूको तर्फबाट संयुक्त रूपमा विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुखबाट गुल्मी–मुसिकोट नौमती पञ्चेबाजा समूहलाई कला र संस्कृतिको संरक्षणमा पुराएको योगदानको कदर गर्दै सम्मान गरेका थिए । सोही अवसरमा नेपालबाट जापान भ्रमणमा गएका अभिभावकहरूलाई पनि समाजको तर्फबाट सम्मान गरिएको थियो ।
सोही अवसरमा भर्खर मात्र मुसिकोट नगरपालिका र जापानको बुङ्गो ओनो नगरपालिका बिच भागिनी सम्बन्ध स्थापित गराउन विशेष भूमिका निर्वाह गर्ने एनआरएनए जापानका पूर्व अध्यक्ष एवं समाजसेवी रोशन केसीलाई कार्यक्रममा धन्यवाद पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गुल्मेली समाज जापानसँगै मुसिकोटबाट जापानमा रहेका ११ वटा विभिन्न सङ्घसंस्था एवं मुसिकोट नगरपालिका बिच १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवन खरेल जीवन र गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीद्वारा संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । उक्त सम्झौता पत्रमा दुवै पक्षले आफ्नो जन्मभूमिको विकासको लागि आगामी दिनमा लगानीमैत्री वातावरण बनाउनका लागि सहयोग र सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरिएको प्रवक्ता थापाले बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन निउरे, उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, सुभास लामिछाने, महासचिव टीकाराम खरेल, गुल्मेली समाज जापानका संस्थापक अध्यक्ष बाबुराम भण्डारी, पुर्व अध्यक्ष शालिकराम भण्डारी, संस्थापक सचिव कुलचन्द्र खरेल, सल्लाहकारहरू शुरेस केसी, किसन शर्मा, बुद्ध रायमाझी, देवी अर्याल, शंकर सापकोटा, इश्वरी सापकोटा, राम प्रसाद गौतम, मुसिकोट नगरपालिकाका ९ वटै वार्डका विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो । गुल्मेली समाज जापानकी सचिव कामना भण्डारीको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन समाजका प्रवक्ता दिलीप थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?