ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बजेटमा कर्णाली : अधिकांश पुरानै योजनालाई निरन्तरता

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

सुर्खेत, १७ जेठ ।

आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेटमा कर्णालीका पुुरानै योजनाले निरन्तरता पाएका छन् । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि गरेको प्रस्तुत गरेको बजेटमा अधिकांश पुरानै योजनाहरुले नै निरन्तरता पाएका हुन् । विकासका हरेक सूचांकमा पछि परेको कर्णालीको रुपान्तरणका लागि केन्द्र सरकारले आगामी बजेटमा कुनै सम्बोधन गरेको देखिन्न । विगतकै केही आयोजनाहरूलाई बजेटमा समावेश गरिएको छ भने नयाँ कार्यक्रम खासै देखिएको छैन । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । तर यो बजेटले कर्णाली प्रदेशलाई उपेक्षामा राखेको कर्णालीबासीको गुनासो छ ।

अर्थमन्त्री पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा सुर्खेतको वीरेन्द्रनगरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड बजेट विनियोजन गरिएको छ । गतवर्ष ६० करोड रकम विनियोजन गरिएको थियो । गत मंसिरमै प्रतियोगिता हुने भनिएपनि पटक—पटक स्थगित हुँदै आएको छ ।

भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावरहाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न २ अर्ब ७ करोड रकम विनियोजन गरिएको छ भने भेरी–बबई आयोजनाबाट उत्पादन हुुने विद्युत् बिक्री गरी प्राप्त हुने रकम नेपाल सरकारको सञ्चिती कोषमा दाखिला गर्ने उल्लेख छ । यस आयोजना कर्णाली प्रदेशमा राष्ट्रिय प्राथमिकता प्राप्त भई अघि बढेको परियोजना हो । आर्थिक वर्ष २०६८÷०६९ बाट सुरु भएको यो परियोजनाको सुरुङको बे्रक थु्र पछिका कामले तीव्रता पाउन सकेका छैनन् । नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन टीबीएम प्रविधिको प्रयोग गरी निर्धारित समयभन्दा अघि नै सुरुङमार्गको ब्रेक थ्रु भई चर्चा कमाएको आयोजना त्यसयता भने सुस्त गतिमा अघि बढेको छ । आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति गरेको छ ।

कर्णाली प्रदेशमा विद्युत् नियमित आपूूर्तिका लागि कोहलपुुर–सुर्खेत १३२ केभी प्रशारण लाइनको निर्माण २ वर्षभित्र सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै आगामी आर्थिक वर्षभित्र कर्णाली करिडोरको हिल्सा–सिमिकोट तथा खुुलालुु–पिलुुचौर–तुुम्च खण्डको सडक स्तरोन्नति गरिनेछ । जसमा कर्णाली करिडोरका लागि १ अर्ब ७० करोड विनियोजन गरिएको छ ।

यस्तै बजेटमा बर्दिया–रारा पर्यापर्यटन पदमार्ग विकास गरिने उल्लेख छ । निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालनमार्फत बर्दिया–रारा पर्यापर्यटन पदमार्ग विकास गरिने अर्थमन्त्री पौडेलले बताएका छन् ।

यसैगरी सुर्खेतमा प्रस्तावित मेडिकल कलेजको पूूर्वाधार निर्माण कार्य अघि बढाइने भएको छ । आर्थिक वर्ष २०७२÷२०७३ सालदेखि नियमित बजेट भाषणमा प्राथमिकतामा पर्ने सुर्खेत मेडिकल कलेज हालसम्म पनि बन्न सकेको छैन । अहिलेसम्म मेडिकल कलेजको कुनै काम अघि बढेको छैन ।

जाजरकोटको नलगाड, कालिकोटको फुुकोट कर्णाली र मुुगुुु कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी ढाँचा निर्धारण गरी निर्माण कार्य आरम्भ गरिने उल्लेख छ । यस्तै १०६ मेघावटको डोल्पाको जगदुुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्य प्रारम्भ गरिने उल्लेख छ ।

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–खुलालु–कालीकोट–जुम्ला सडक र सुर्खेत–महावुलेक–नाग्मा–गमगढी सडकलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको उल्लेख छ । रणनीतिक तथा व्यापारिक महत्वको भेरी कोरिडोर सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?