ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

दुई वर्षमा तीन लाखले चढे लुम्बिनी केवल कार

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

बुटवल, १७ जेठ ।

बुटवलको लुम्बिनी केबलकारले दुई वर्षमा साढे तीन लाख पर्यटक भित्राएको छ । २०८० जेठ १५ देखि व्यावसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष पूरा हुन १५ दिन बाँकी (वैशाख मसान्तसम्म) मा ३ लाख ४७ हजार ९७६ पर्यटक भित्राएको कम्पनीले जनाएको छ । केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेका अनुसार साढे तीन लाख पर्यटक मध्ये भारतीय पर्यटकको सङ्ख्या मात्रै ४१ हजार ६४८ जना र तेस्रो मुलुकका पर्यटकको सङ्ख्या २ सय जना छन् ।

बुटवल ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरमा केबलकारको माथिल्लो स्टेसन छ । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको स्वच्छ, शान्त र रमणीय बसन्तपुर डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेसन सहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ (आधुनिक पिङ), बाल उद्यान, रेष्टुरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडोलाई केबलकारले आकर्षक पर्यटकीय गन्तव्य बनाएको हो । बसन्तपुरको प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनः निर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।

केबलकार बनेसँगै सुनसान गाउँमा आन्तरिक र बाह्य पर्यटकको आगमनले चहलपहल बढेको छ । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य सङ्ख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् । माथिल्लो स्टेसनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ ।

समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको भारत सुनौलीका आलोक जोशी बताउँछन् । धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकूल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको केबलकारका स्थानीय लगानीकर्ता तेजप्रसाद सुनारले बताए ।

अहिले बसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउने देखि म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले सुनाए । ‘रुपन्देही आएका बेला पूर्व राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद, चर्चित कलाकार सबै एक पटक बसन्तपुर आउने गरेका छन्’–सुनारले भने–‘शुरु गरेको दुई दशकसम्म केबलकार बनाउन नसक्दा धेरैले खिसिट्युरी गर्थे, अहिले उनीहरू नै स्याबासी दिन्छन् ।’केबलकारले जन्मदिन परेका व्यक्तिलाई उक्त दिन निःशुल्क यात्रा गराउने अफर, हरेक महिनाको एक गते सन्ध्या आरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर सहित विभिन्न व्यावसायिक संघसंस्थाहरूसँग छुट सम्झौता गरेर बजार प्रवद्र्धन गरिरहेको छ ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले लुम्बिनी प्रदेशको पहिलो केबलकारको माथिल्लो स्टेसन बसन्तपुरमा बनेपछि उक्त ठाउँ आकर्षक पर्यटकीय गन्तव्य बनेको बताए । ‘दुई वर्ष अघिसम्म सुनसान थलो अहिले तिनाउ गाउँपालिकाको मात्र हैन प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ’–अध्यक्ष श्रेष्ठले भने–‘केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं. ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ, यसले स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।’

केबलकारले दुई वटा स्थानीय तहलाई वैशाख मसान्तसम्म २१ लाख २४ हजारका दरले कूल ४३ लाख ४८ हजार आम्दानी दिएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । यसबाहेक तिनाउ गाउँपालिकालाई मनोरञ्जन कर समेत दिने गरेको छ । अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।

विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी सङ्ख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर सैंजू बताउँछन् ।केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।

केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रक्रिया अघि बढेको छ । केबलकार कम्पनीले बसन्तपुरमा होमस्टे सञ्चालन गर्न गाउँलेलाई आग्रह गरेको छ । उत्पादन भएका सबै खाले कृषि उपज खरिद गरिदिने तथा रोजगारीका लागि योग्य जनशक्ति भए रोजगारी दिने ग्यारेन्टी गरेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए ।

रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपक अधिकारीले लुम्बिनी केबलकार सञ्चालनले बुटवलले प्रदेशको स्थायी राजधानी गुमाउँदा लागेको घाउमा केही हदसम्म मलहमपट्टि लगाउन सकेको टिप्पणी गर्दै यसले समग्र बुटवलको अर्थतन्त्र चलायमान बनाउन सघाएको बताए । उनले बसन्तपुरमा सबै वर्गका पर्यटकलाई मध्यनजर गरी होटेल छिटो बनाउनुपर्ने सुझाए । ‘क्यासिनो, बैंक्वेट हल, स्वीमिङ पूल सहितको होटेल सञ्चालनमा आउँदा भारतीय र आन्तरिक पर्यटक आगमन बढ्छ,त्यसलाई छिटो अघि बढाउनुपर्छ’–अधिकारीले भने ।

केबलकारलाई दीगो रूपमा सञ्चालन गरी बुटवलको अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने मान्यताले आफूहरूले केबलकारसँग टिकटमा छुट सहितको सम्झौता नै गरेको अधिकारीले बताए ।केबलकारका परिकल्पनाकार लक्ष्मण गौतमले २९ वर्षअघि परिकल्पना गरेर धेरै दुःख, हन्डर खाँदै बिचमा धेरैले विश्वास गर्न छाडेको अवस्थामा केबलकार सञ्चालनको सपना पूरा भएपछि बसन्तपुर र बुटवल दुबैलाई गुल्जार बनाएकोमा खुसी व्यक्त गरे । ‘निजी क्षेत्रबाट ठूलो लगानी भएको यस्ता परियोजनालाई दीगो रूपमा चलाउन सरकारी निकायबाट साथ र सहयोग हुनुपर्छ, पर्यटकमैत्री नीति नियम बनाउनुपर्छ’–उनले भने । बुटवलमै स्थानीय लगानीकर्ता रहेको सिद्धार्थ केबलकार पनि सञ्चालनमा आएको छ । तर औपचारिक उद्घाटन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?