© २०२३
युग परिवर्तनसँगै मानिसको सोच र स्वभाव परिवर्तन स्वाभाविक हो । कतिपय आजकलका युवायुवतीहरू विभिन्न सोसल मिडिया लगायत टिकटकमा समय व्यतीत गरेको देखिन्छ । आफ्नो मनको कुरा पोख्ने, आफ्नो मन परेका चिज बस्तु अरूलाई भौतिक रूपमा देखाउन भन्दा सोसल मिडिया लगायत टिकटकमा पोष्टाएको देख्न पाइन्छ । त्यति मात्र नभएर आफुले माया गरेको केटो होस या केटी त्यही सोसल मिडिया र टिकटकमार्फत आफ्नो माया प्रेम साटासाट गरेको पनि पाइन्छ । मलाई थाहा थिएन तर उनी मलाई एकतर्फी माया गरेको रहेछिन् । उनी मलाई प्रेम प्रस्ताव नराखे पनि मलाई मन पराउँछिन् भन्ने कुरा मलाई केही थाहा थिएन । उनी मेरो टिकटकमा आईन, कसरी थाहा पाईन । मलाई थाहा भएन तर एक दिन म मेरो आमाले प्रयोग गर्दै आएको मोबाइलमा आफ्नो चलाउँदै आएको टिकटक आइडी खोलेँ अनि हेल्लो के छ खबर म्यासेज आयो, अनि मैले रिप्लाई गरे मैले तिमीलाई चिन्दैन ।
उताबाट फेरी म्यासेज आयो– म तिमीलाई चिन्छु तर मैले धेरै वास्ता गरेन । अर्को दिन फेरी म्यासेज आयो । तिमीलाई मैले आज वाटर पार्कमा अनि मैले फेरी म्यासेज गरे आफ्नो फोटो पटाऊ, म तिमीलाई चिन्न सकिन । अनि उनी आफ्नो फोटो पठाइन । मैले फेरी म्यासेज गरे मैले तिमीलाई चिन्दैन । उनी मलाई म्यासेज गरिन– म तिमीलाई माया गर्छु भनेर अनि मैले त्यसको आइडी ब्लक गरिदिएँ । त्यति बेलामा ९ कक्षाको परीक्षा दिएर रिजल्टको परखाइमा बसेको थिएँ । मेरो मेहनत हो या मेरो भाग्य म कक्षा ९ को परीक्षा पास भएर कक्षा १० मा अध्ययनको लागि स्कुल गए । त्यही दिन एक अपरिचित केटी मलाई भेटेर भनिन– मलाई चिनेनउ, म हिजो म्यासेज गरेको थिएँ । त्यही परिवर्तित नाम रुविना हो । अनि केटीले भनिन– केटाको परिवर्तित नाम मनोज तिमी होइन र अनि केटाले भन्यो हो । मनोजले भन्यो– मैले करिब १० वटा त्यसको टिकटकको आइडी ब्लक गरे तर उसले मलाई खोजी खोजी म्यासेज गरेपछि मलाई म पनि साथीको रूपमा अगाडी बढे र हाम्रो कुरा भएको २० दिनमा माया बस्यो ।
त्यहाँबाट हुन्छ परिवर्तित नाम मनोज थारुको र रूपा बुढाको । हामी दुवै जान एउटै स्कुलको मनोज कक्षा १० मा र रुविना कक्षा ८ मा पढ्ने गरेका थियौँ । मनोजले भन्यो उमेरमा रुविना करिब १४ वर्षको र १५ वर्षको भर्खर कलिला उमेरका छौँ । हामी स्कुल गएको बेला दैनिक भेटघाट गर्ने र केही समय एकसाथ बिताउने गर्न थाल्यौ । हाम्रो माया बसेको करिब ४५ दिन पूरा भएको जस्तो लाग्छ । शुक्रवारको दिन नेपालगन्जको वाटर पार्कमा भेट गर्ने कुर भयो र म स्कुल बिदा पछि हामी केही समय वाटर पार्कमा बसेर कुरा गर्यौँ । मैले भने तिमी घर जाऊ नत्र तिम्रो दाइले तिमीलाई कुट्छन् । यति भन्दै म आफ्नो घर तर्फ हिँडेँ तर रुविनाले भनिन– तिमी मलाई आफ्नो घर लग नत्र म मरिदिन्छु । तैपनि तिमी आफ्नो घर जाऊ म आफ्नो घर जान्छु र बाबुले ढिलो भयो भने मलाई कुट्नु हुन्छ भन्ने डरले घर हिँडे तर उनी त्यही बसिन । घर पुगेर हतार हतारमा म पोसाक फुकालेर घरमा लगाउने कपडा लगाएर हतार हतारमा आमा एक छिन पछि म आउँछु है अनि रुविनालाई भेट्न वाटर पार्क पुगेँ । उनी मलाई छोडेर जान नमाने पछि त्यही घुम्न आएका चार जना साथीहरूलाई भेटेँ । साथीहरू पनि धेरै सम्झाए तर त्यही बेला सम्झाउँदा सम्झाउँदै रातीको करिब रातीको ९ बजिसकेको थियो । हामीहरू केही हुन्छ कि भन्ने डरले तिनलाई तिनको साथीको कोठामा छोड्न गएम र हामी ५ जान वाटर पार्ककै चौरमा राती विताएउ ।
मैले सोचेको थिएन यो कुराले मेरो आमा बाबुले रातीभर अनि बिहान दिनभरि ठुलो परीक्षा दिनुपर्ने हुन्छ । म सानै उमेरको मान्छे केही सोच्न सकिन । रुविनाको परिवारले मेरो आमा बाबुलाई रातभर सताए, मार्ने समेत धम्किदिए । मेरो आमा बाबु रातभर मलाई र रुविनलाई खोजे तर भेटाएनन् । बिहान फेरी रुविनालाई भेटेर भने– तिमी आफ्नो घर जाऊ म आफ्नो घर जान्छु तर उनी म आफ्नो घर गएँ उनी आफ्नो साथी कहाँ बसिरहिन । केही बेर नहुँदै रुविनाको दाइ दिदी र आफन्तहरू हामी भाडामा बस्ने घरमा आईन र मेरो आमा बाबुलाई कुट्ने खालका व्यवहार गर्न थाले । मलाई कुट्छन् कि भने म पछि कोठाबाट बाहिर निस्के अनि मलाई सँगै लिएर रुविनालाई छोडेको ठाउँमा हामी ५ जना साथीहरूलाई लगेर नेपालगन्ज बजार भरी खोजेम तर दोपहर तिर रुविना हामी बस्ने घरमा आईन र हामी दुबैलाई एक ठाउँमा बसालेर कुरा सोधपुछ गर्न थाले । हामी बिच त्यस्तो केही भएको थिएन । म र रुविना दुवै साना उमेरका छौँ । त्यस्तो हुने कुरा मनमा आएन । हामी रुविनाको सुरक्षाको लागि त्यसको साथी कहाँ छोडेर आएको थियौँ ।
भेट भएको केही बेरमै उनीहरूलाई नेपालगन्जको महिला तथा बालबालिका सेवा केन्द्रमा लगियो । अनि हामी दुबैलाई सोधपुछका लागि प्रहरीले आफ्नो कोठामा राखेर सोधपुछ गर्यो । हामी दुवै जनालाई बसालेर प्रहरी बाहिर निस्क्यो र रुविनाको बाबु आएर मलाई धेरै जोड्ले कुटपिट गर्यो । मलाई धेरै चोट लाग्यो र म रोएर बसे । मेरो बाबु आएर मलाई रोएको देख्नु भयो र के भयो सोध्नुभयो । प्रहरीले केही नभएको बताएपछि आफ्नो आफ्नो घर जानका लागि मिलापत्र गर्यो तर रुविनाको बाबु मेरो छोरीको केही भएको छ कि भनेर मेडिकल टेस्ट गर्न दबाब दियो । मेरो बाबुले भन्नुभयो– म दैनिक ज्यालादारी गर्ने मानिस मलाई सबैको मेडिकल गर्न गाह्रो हुन्छ । अनि रुविनाको बाबु रिसाएर गाली गर्न थाल्यो तर प्रहरीले मेरो चोट देखेर मेरो पनि मेडिकल गर्न रुविनाको बाबुलाई भन्यो । अनि त्यसको बाबुले मिला पत्र गर्यो ।
हो यस्ता घटना तपाई हामी कहाँ पनि घट्न सक्छ । समयमै ध्यान दिन जरुरी देखिन्छ । यो घटना सत्य हो । हाम्रो समाज मै घटेको घटना हो । पात्रहरूको नाम र ठेगाना खुलाइएको छैन । ‘टिकटक अनि अन्तर जातीय प्रेम’ यो विषय नेपाली समाजको सन्दर्भमा निकै संवेदनशील र समकालीन छ । टिकटक जस्तो सामाजिक सञ्जालले युवाहरूमाझ अभिव्यक्ति दिने ठुलो माध्यम बनिरहेको छ। यसले अन्तरजातीय प्रेम सम्बन्धलाई देखाउने, प्रचार गर्ने, र कहिलेकाहीँ चुनौती दिने भूमिकासमेत खेलिरहेको छ । अन्तरजातीय प्रेममा रहेका जोडीहरूले टिकटकमार्फत आफ्नो सम्बन्धलाई खुला रूपमा देखाउने अवसर पाएका छन् । सचेतना र बहसको माध्यम: अन्तरजातीय विवाह र प्रेमबारे सामाजिक बहस जन्माउन सहयोग पु¥याएको छ । दबाब र ट्रोलिङः तर, यस्ता जोडीहरूलाई टिकटकमा धेरै ट्रोल गरिन्छ, अपमानजनक टिप्पणीहरू आइरहन्छन्, जसले मानसिक स्वास्थ्यमा असर पु¥याउन सक्छ ।
अन्तरजातीय प्रेमको सामाजिक चुनौती
अझै पनि धेरै परिवार र समाज अन्तरजातीय प्रेमलाई अस्वीकार गर्छन् । युवायुवतीहरू सामाजिक प्रतिष्ठाको डरले आफ्नो प्रेम सम्बन्ध लुकाउन बाध्य छन् । सङ्घर्ष र साहस: यस्तो प्रेम सम्बन्धमा रहने व्यक्तिहरूले ठुलो मानसिक, पारिवारिक र सामाजिक सङ्घर्ष झेल्नुपर्छ । टिकटक जस्ता प्लेटफर्महरूले अन्तरजातीय प्रेमलाई समाजसामु ल्याउने प्रयास त गर्छन्, तर त्यसको प्रतिक्रिया सकारात्मक मात्र हुँदैन । डिजिटल युगले प्रेमलाई खुला बनाउँदै लगे पनि समाजको सोच अझै बदलिन बाँकी छ ।