ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

कृषिमार्फत ‘समृद्धि सपना’

कृषि कार्यक्रमका लागि विभिन्न समूह र सहकारी मार्फत बाख्रा तथा बोकाहरू वितरण, खोर निर्माण, गाई पालन, भकारो सुधार, डेरी सञ्चालन, फलफूल तथा तरकारी, घाँस, उखु तथा अकबरे खुर्सानी लगायतका वस्तुहरू उत्पादन गरी उनीहरूको आयआर्जन वृद्धिमा जोड दिएको छ ।
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

गुल्मी, १७ जेठ ।
गुल्मीको रुरु गाउँपालिकामा कृषि लक्षित कार्यक्रम सुरु भएको छ । “रुरु कृषि परियोजना” नाम दिइएको कार्यक्रममा पालिका क्षेत्रका कृषकलाई व्यावसायिक रूपमा आयआर्जनको काममा सहभागी भएका छन् । महिला तथा युवाहरू मार्फत गाउँपालिका भित्र कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै उनीहरूलाई आत्मनिर्भरता र सामाजिक सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । “विशेष गरी महिलाहरूलाई मुख्यतः स्वावलम्बन र उद्यमी बनाउने हिसाबले हामीले काम गरिरहेका छौ,” ज्ञवालीले भने । पालिकाले तरकारी, दूध, मासु, उखु प्रवर्द्धन लगायतका क्षेत्रमा आत्मनिर्भर बनेको उनको दाबी छ ।

नव प्रभात युवा सङ्घ, गुल्मीको सहजीकरणमा सञ्चालन भएको उक्त परियोजनाले गाउँपालिका भित्रका ६ वटै वडाका २१०० घरधुरीलाई ७२ वटा समूहमा आवद्ध गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । “रुरु कृषि परियोजना” मार्फत कृषि तथा पशुपालन, घाँस, उखु, फलफूल तथा तरकारी उत्पादनमा कृषकहरूलाई समूहमा आबद्ध बनाई सहयोग पुराउँदै आइरहेको छ । परियोजना मार्फत ८२५ जना महिला तथा युवाहरूलाई ३३ वटा समूहमा आबद्ध गराई उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउनका लागि मागमा आधारित कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन् ।

परियोजना मार्फत विभिन्न समूह र सहकारी मार्फत बाख्रा तथा बोकाहरू वितरण, खोर निर्माण, गाई पालन, भकारो सुधार, डेरी सञ्चालन, फलफूल तथा तरकारी, घाँस, उखु तथा अकबरे खुर्सानी लगायतका वस्तुहरू उत्पादन गरी उनीहरूको आयआर्जन वृद्धिमा जोड दिएको छ ।
“रुरु कृषि परियोजना” सञ्चालन भएपछि यति बेला स्थानीयहरूको जीविकोपार्जनमा समेत सुधार हुँदै जान थालेको छ । आफूसँग जग्गा नहुनेहरूले पनि जग्गा भाडामा लिएर कृषिजन्य उपजहरू उत्पादन गरी बिक्री गर्न थालेका छन् । यसबाट घर खर्च चलाउन र परिवार पाल्नका लागि कसैको मुख ताक्नु नपर्ने उनीहरूको भनाइ छ ।

“परियोजना सञ्चालन भएपछि ठुलो सहयोग मिलेको छ, आफूले मेहनत गरेपछि कसैसँग माग्नु पर्दैन, सजिलै खर्च पानी चलेको छ, बिक्री भएन कि भन्ने चिन्ता पनि भएन” रुरुक्षेत्र गाउँपालिका –१ पिपलनेटाकी सिता मुखियाले भनिन् । परियोजना मार्फत यति बेला अकबरे खुर्सानी खेती र उखु उत्पादनको लागि क्षेत्र बिस्तार गर्दै रुरुक्षेत्रलाई उखु र खुर्सानीको पकेट क्षेत्र बनाउने काम अघि बढिरहेको परियोजनाका कार्यक्रम संयोजक प्रकाश चालिसेले जानकारी गराए । यसबाट गाउँमै प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजगार र सीप विकासको अवसर प्रदान हुने चालिसको भनाइ रहेको छ ।

उक्त कार्यक्रमले ग्रामीण कृषिलाई आधुनिक प्रविधि, सीप र सहकार्यको माध्यमबाट उत्पादनमुखी र आम्दानीमुखी बनाउँदै रुरुक्षेत्रलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने परियोजना साझेदार संस्थाका कार्यकारी निर्देशक धातानन्द भुसालले बताएका छन् । दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु. एक करोड गरी कुल तीन करोड ३३ लाख लागतमा कार्यक्रम सुरु गरिएको हो ।
यसबाट घर खर्च चलाउन र परिवार पाल्नका लागि कसैको मुख ताक्नु नपर्ने उनीहरूको भनाइ छ । “परियोजना सञ्चालन भएपछि ठुलो सहयोग मिलेको छ, आफूले मेहनत गरेपछि कसैसँग माग्नु पर्दैन, सजिलै खर्च पानी चलेको छ, बिक्री भएन कि भन्ने चिन्ता पनि भएन” रुरुक्षेत्र गाउँपालिका –१ पिपलनेटाकी सिता मुखियाले भनिन् ।

परियोजना मार्फत यति बेला अकबरे खुर्सानी खेती र उखु उत्पादनको लागि क्षेत्र बिस्तार गर्दै रुरुक्षेत्रलाई उखु र खुर्सानीको पकेट क्षेत्र बनाउने काम अघि बढिरहेको परियोजनाका कार्यक्रम संयोजक प्रकाश चालिसेले जानकारी गराए । यसबाट गाउँमै प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजगार र सीप विकासको अवसर प्रदान हुने चालिसको भनाइ रहेको छ । उक्त कार्यक्रमले ग्रामीण कृषिलाई आधुनिक प्रविधि, सीप र सहकार्यको माध्यमबाट उत्पादनमुखी र आम्दानीमुखी बनाउँदै रुरुक्षेत्रलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने परियोजना साझेदार संस्थाका कार्यकारी निर्देशक धातानन्द भुसालले बताएका छन् । दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु. एक करोड गरी कुल तीन करोड ३३ लाख लागतमा कार्यक्रम सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?