ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

गौतमबुद्ध मावि विद्यार्थीविहीन हुने अवस्थामा

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार
जितपुर, १७ जेठ ।
 कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको गौतमबुद्ध आधारभूत विद्यालय कुसुमडाँडा विद्यार्थी विहीन हुने अवस्थामा पुगेको छ । विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि नयाँ विद्यार्थी भर्ना भएनन् । कुनै समय ४–५ सय विद्यार्थीले भरिभराउ हुने यो विद्यालयमा अहिले १७ देखि २० जना मात्रै विद्यार्थी छन् ।
प्रधानाध्यापक बलराम आचार्यका अनुसार, विगत केही वर्षयता विद्यार्थी भर्नाको दर घट्दो क्रममा थियो । तर, यो वर्ष नयाँ भर्ना पूर्ण रूपमा शून्यमा झरेपछि विद्यालय बन्द हुने सङ्कटमा पुगेको छ । विद्यालयमा नयाँ विद्यार्थी भर्ना नहुने र माथिल्लो कक्षा उत्तीर्ण गरी अन्यत्र जाने विद्यार्थीको सङ्ख्या पनि घटेका कारण विद्यालयमा विद्यार्थी कम भएको बताए । विद्यालयमा कक्षा १ देखि ५ सम्म मात्रै सञ्चालनमा छ । ती कक्षामा ४ देखि ६ जना विद्यार्थी मात्रै छन् । तीन शिक्षक स्थायी रूपमा कार्यरत भए पनि विद्यार्थीको कमीका कारण शैक्षिक गतिविधि प्रभावित हुन थालेको छ ।
प्रधानाध्यापक आचार्य भन्छन्, “समुदाय ठुलो भए पनि अभिभावक र वडा स्तरीय नेतृत्वले विद्यालयको विकासमा चासो देखाएका छैनन् । यही बेवास्ता अहिलेको सङ्कटको मुख्य कारण हो । अभिभावकहरूले आफ्ना बालबालिकालाई निजी वा अन्य सामुदायिक विद्यालयमा पढाउन थालेपछि हाम्रो विद्यालयमा विद्यार्थी आउनै छाडे ।”
स्थानीय समाजसेवी र वडाका जनप्रतिनिधिहरूको उदासीनता र विद्यालय व्यवस्थापनप्रति कमजोर निगरानीका कारण विद्यालयको अवस्था जटिल बन्दै गएको छ । प्रधानाध्यापक आचार्यका अनुसार, “समुदायको साथबिना विद्यालयले अस्तित्व जोगाउन सकिँदैन । हामीले धेरै पटक अपिल ग¥यौं, तर कुनै ठोस प्रतिक्रिया आएन ।” २०४३ सालमा स्थापना भएको यो विद्यालय अहिले विद्यार्थी कम हुँदै गएपछि अस्तित्व सङ्कटमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?