© २०२३
काठमाडौँ ।
प्रतिनिधिसभाको आगामी दुई साता (जेठ २० देखि मसान्तसम्म) का लागि कार्यतालिका बनाउने उद्देश्यले सिंहदरबारमा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ।
सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा बसिरहेको उक्त बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै प्रमुख दलका सचेतकहरू सहभागी छन्। बैठक अघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छुट्टै छलफल गरेका थिए।
सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले पाक्षिक क्यालेन्डर निर्माणका लागि आवश्यक तयारीहरू गरिरहेको जानकारी दिए।
यस कार्यतालिकाबाट संसदमा हुने छलफल, विधेयक प्रस्तुतिकरण तथा अन्य कार्यसूचीहरू तय गरिनेछ, जसले संसदको नियमित गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।