Butwal Today

काठमाडौंमा राजावादी आन्दोलन जारी: माइतीघर–बानेश्वर सडक अवरुद्ध

१६ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका छन्। विगत केही दिनदेखि निरन्तर जारी रहेको यो प्रदर्शनमा राप्रपा र राप्रपा नेपाल लगायतका राजनीतिक दलहरू सक्रिय छन्।

गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरिएको र त्यसयता उनीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, “राजतन्त्र नआएसम्म हामी प्रदर्शन जारी राख्नेछौं।” प्रदर्शनका कारण माइतीघर–बानेश्वर मार्गमा सवारी आवागमन प्रभावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?