Butwal Today

सुनको भाउमा ७ सय रुपैयाँको वृद्धि

१६ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ।

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । सुनको भाउ आज सात सय रुपैयाँले बढेर तोलामा एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ८७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।