© २०२३
बाँके, १६ जेठ ।
बाँके प्रहरीले भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । जेठ १४ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपु स्थित भारतको नाका हुँदै नेपाल तर्फ आउँदै गरेको यू पि ३२ एल वि ६३८९ नम्बरको गाडीमा उत्तप्रदेश लखनउ बस्ने ४० वर्षीय निरज चौरसियाले चलाउँदै आएको अवस्थामा प्रहरीले चेक जाँच गर्दा भारतीय नोट ५ सयको ६ सय थान र २ सयको नोट एक हजार थान गरी जम्मा पाँच लाख रुपैयाँ फेला पारि नगद तथा गाडी सहित नियन्त्रणमा लिएको छ ।
उनी सँगै दाङको साविक पुरन्धारा गा.वि.स. १ बस्ने २६ वर्षीय साईना नेपालीलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय कोहलपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी तथा प्रवक्ता दिपक पातलीले बताए ।