ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

विदेश भ्रमणमा अब ५ प्रतिशत शुल्क नलाग्ने, आर्थिक विधेयकमा व्यवस्था हटाइयो

१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

 काठमाडौं ।

सरकारले विदेश भ्रमणमा लाग्दै आएको ५ प्रतिशत शुल्क खारेज गर्ने निर्णय गरेको छ। यो व्यवस्था आगामी आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी हटाइएको हो। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा पेश गरेको आर्थिक विधेयक २०८२ मार्फत यो प्रावधान हटाइएको हो।

कोरोना महामारीपछि नेपालको वैदेशिक मुद्रामा दबाब बढेपछि सरकारले सन् २०२३ (विक्रम संवत् २०८०) मा वैदेशिक भ्रमणलाई केही हदसम्म निरुत्साहित गर्न यो शुल्क लागू गरेको थियो। उक्त शुल्क अन्तर्गत नेपालीले विदेशी यात्रा गर्दा टिकट वा प्याकेज बुकिङको लागतमा ५ प्रतिशत रकम थप रूपमा तिर्नुपर्थ्यो।

शुल्कको दायरा व्यक्तिगत भ्रमणदेखि व्यापारिक प्रयोजनका भ्रमणसम्म लागू थियो। कम्पनीहरूले आफ्ना कर्मचारीलाई विदेश पठाउँदा पनि उक्त शुल्क तिर्नुपर्ने व्यवस्था थियो। संकलित रकम सरकारले राजस्व खातामा प्रत्येक महिना तोकिएको मितिभित्र बुझाउनुपर्ने कानुनी प्रावधान थियो, र समयमै नतिरे ब्याज समेत लाग्ने व्यवस्था ऐनमा थियो।

यद्यपि पछिल्लो समय नेपालको विदेशी मुद्रा सञ्चिति सुधार हुँदै गएको देखिएको छ। हाल विदेशी मुद्रा सञ्चिति १४ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयातका लागि पर्याप्त भएकाले सरकारले यो शुल्क हटाउने निर्णय गरेको हो। दुई वर्षपछि सरकारको यो निर्णयले वैदेशिक भ्रमणको लागत केही कम हुने अपेक्षा गर्न सकिन्छ।

यो प्रावधान आर्थिक ऐन २०८० को दफा २० र आर्थिक ऐन २०८१ को दफा २२ अन्तर्गत गरिएको व्यवस्था थियो, जुन अब हटाइनेछ। संसद्मा दर्ता गरिएको नयाँ आर्थिक विधेयकमार्फत यसलाई कानुनी रूपमा खारेज गरिने प्रक्रिया सुरु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?