ट्रेंडिंग:

>> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने

विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन

१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

बर्दिया, १६ जेठ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी मधुवन नगरपालिकाले सिस्ने कम्पनी सँग २०८० साल चैत महिना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर निर्माण गर्नुपर्ने समय अवधि पुरा हुँदा समेत निर्माण सम्पन्न भएको छैन । पालिकाले ७ किलोमिटर बाटो कालोपत्रे गर्ने र झरना खोलाको पुला निर्माणका लागि पहिला १३ करोडमा सम्झौता गरेको थियो तर त्यस ठेक्कामा पछि रकम घटाएर ९ करोडमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको मधुवन नगरपालिकाका अध्यक्ष मिन बहादुर भट्टले बताए ।

उनले भने, ठेकेदार कम्पनीलाई समयमा निर्माण गर्नका लागि बारम्बार ताकेता गर्दा समेत अटेरी गरेर काम ढिलासुस्ती गर्दै आएको छ । २ वर्षमा ७ किलोमिटर बाटो कालोपत्रे हुनु पर्नेमा हालसम्म २ किलोमिटर बाटो मात्र कालोपत्रे गरेको छ । झरना खोला वडा नम्बर १ र २ जोड्ने खोला भएकोले पुललाई पहिला निर्माण गरेर बाटो बनाउनु पर्ने हो तर हल सम्म न बाटो बन्यो न पुल नै पहिला जस्तै यो वर्ष पनि स्थानीयहरू बर्खाको समयमा झरना खोलाको बाढीको सामना गर्नु पर्ने अध्यक्ष भट्टले बताए ।

बर्खाको समय बाहेक अरू समय खोलामा पानी हुँदैन जस कारण ओहोर दोहोर गर्न सजिलो हुन्छ तर बर्खाको समयमा पहाडी भेगमा पानी परेपछि झरना खोलामा एकदमै रफ्तारमा बाढी आउँछ जस कारण आउजाउ गर्न गाह्रो भएको बारबर्दिया नगरपालिका वडा नम्बर ११ फच्कहवाका प्रभुराम चौधरीले बताए । उनले भने, म यो बाटोमा दैनिक हिँडिरहेको छु यो बाटामा हिँड्न लागको २०६६ सालदेखि हो ।

म पेसाले शिक्षक भएकोले मधुवन नगरपालिका वडा नम्बर १ र्सुपटुवामा पढाउनको लागि जाने गरेको हुन्छु । निर्माण गर्नका लागि पालिकाबाट ९ करोडको यो ठुलो रकमको ठेक्का हो यसमा सबै राजनीतिक व्यक्तिहरूको मिलेमतो रहेको अनुमान गर्न सकिन्छ । दुई वर्षमा केही भएको देखिँदैन २ किलोमिटर कालोपत्रे भएको छ निर्माण पुरा हुँदासम्म पहिला कालोपत्रे गरेको बाटो भत्किने अवस्थामा आउँदैन भन्न सकिन्न ।

स्थानीय देवेन्द्र यादवले भने अझै यो बाटोको समस्या उस्तै छ । स्थानीय सरकार आएको करिब ८ वर्ष भयो तर मधुवनको विकास केही भएको देखिँदैन । यो बाटो ओरालीदेखि सहजै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न निकै छोटो छ तर पनि यो बाटोलाई निर्माण गर्न लापरबाही गरेको मधुवन नगरपालिकाका स्थानीय यादवले बताए । उनले भने, कमिसनको कारणले कुनै पनि निर्माणको काममा ढिलाइ भएको हुन्छ । कमिसन पाउनका लागि आफ्नो चिनजानको ठेकेदार कम्पनीलाई ठेक्का दिएर समयमा काम गराउन सक्दैनन् । यो झरना खोलाको पुल र ओराली देखि ठाकुरद्वारा जोड्ने बाटो कमिसनको खेल भएको कारणले नगरपालिकाले दबाब दिन सक्दैन र ठेकेदारले समयमा काम गरेको छैन । यदि ठेकेदार कम्पनीले २०८४ सालसम्म सम्पन्न गर्न सकेन भने यो फेरी चुनावी एजेन्डा बनेर आउने यादवले बताए ।

पालिकाले यति ठुलो लगानी गर्नु चुनौती नै हो । तर समयमा जनताहरूलाई सेवा दिन नसक्नु त्यो पनि पालिकाले लापरबाही गरेको देखिन्छ । पालिकाले आफ्नो बर्षको बजेटबाट करिब १५ देखि २० प्रतिशत लगानी गरेको देखिन्छ । उक्त मार्ग बर्दिया राष्ट्रिय निकुञ्जको जैविक मार्गको जंगल भएर गएको छ त्यो बाटो छिट्टै निर्माण गर्न सके सहजै पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?