Butwal Today

प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म

१६ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

 प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि सुरु भई असार १५ गतेसम्म सञ्चालन हुने भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १९ दिनका लागि बैठकको कार्यतालिका तय गरेको हो। बैठकको निर्णयअनुसार जेठ महिनामा १० दिन र असार महिनामा ९ दिन बैठक बस्ने छ।

पारित कार्यतालिकाअनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते संसद् बैठक बस्नेछ। त्यसपछि असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठकहरू हुने तय भएको छ। यो कार्यतालिका बजेट सत्रको तयारीस्वरूप निर्धारण गरिएको मानिन्छ, जसमा सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुति, र त्यससम्बन्धी छलफलहरू समेटिने अपेक्षा गरिएको छ।