ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

 नीति तथा कार्यक्रम अघि नीति बहसको आवश्यकता

१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

नेपालको संविधानले संविधान राज्यको संरचनालाई तीन तहमा राखेर त्यसअनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ । जनताले सेवा सुविधा छिटोछरितो रूपमा पाउनुपर्छ भनेर नै सङ्घीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहको सरकारको व्यवस्था राज्यको मूल कानुनमा उल्लेख छ ।

संविधानमा अनुरूप सङ्घीय सरकारले जेठ १५ भित्रमा बजेट सार्वजनिक गर्नुपर्ने किटानी व्यवस्था गरिएको छ । यस्तै प्रदेशले असार १ गते र स्थानीय तहले असार १० मा आगामी वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्दछ । संविधानको धारा ५९(१) मा सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने  कानुनी व्यवस्था छ ।

सरकारले हरेक आर्थिक वर्षमा विभिन्न नीति तथा कार्यक्रम अनुसार  बजेलाई समावेश गरेको हुन्छ तर ती विभिन्न क्षेत्रमा छुट्टाइने बजेट आर्थिक वर्ष भित्र खर्च गरिसक्नुपर्ने हुन्छ । हरेक पटक सरकारले नीति तथा कार्यक्रम ल्याए पनि यसको सान्दर्भिकता र औँचित्यतामाथि प्रश्न उठ्न थालेको पाउन सकिन्छ । नीति तथा कार्यक्रम जस्तो राष्ट्रको गम्भीर विषयमा सरकारको ध्यान पुग्न नसकेको महसुस गर्न सकिन्छ ।

जनता भनेका ती हुन जो सरकारको पहुँच भन्दा बाहिर छन् यद्यपि वर्तमान  संविधानको व्यवस्थालाई हेर्ने हो भने राज्यको  जनताले सार्वभौम अधिकार प्रयोग गर्न सक्ने कुरा उल्लेख छ । सरकारले बनाउने नीति तथा कार्यक्रम होस् या अन्य कार्यहरूमा होस त्यसमा जनताको मतको सही कदर गर्न सक्नुपर्छ । राज्यको मूल बजेटको स्रोत भनेकै जनताले  तिर्ने कर हो र यसै अनुसार राज्य अगाडि बढेको हुन्छ तर जनताको अमूल्य मतले सरकारसम्म पुगेकाहरूको ध्यान भने जनताको मनोभावना सम्म पुग्न सकेको देखिदैंन ।

राज्य सञ्चालन गर्ने आधार स्तम्भ भन्नू नै बजेट हो ।  हरेक आर्थिक वर्षको लागि सरकारले बनाउने नीति कार्यक्रम र त्यसमा छुट्टाइने बजेट उल्लेखनीय रूपमा जनताको इच्छा बमोजिम आउन सके मात्र त्यो बजेट न्याय पाउन सक्छ । नीति तथा कार्यक्रममा जति राम्रो जनताको कुराहरुलाई  समेट्न सकिन्छ त्यति नै त्यो नीति तथा कार्यक्रमलाई राम्रो मान्न सकिन्छ । नीति तथा कार्यक्रम हरेक आर्थिक वर्षमा ल्याइन्छ तर त्यसमा के कुरालाई प्राथमिकता दिने भन्ने कुरालाई ध्यान दिनु जरुरी छ । संविधानले प्रदत्त गरेको नागरिकको मौलिक अधिकारलाई पूर्णता दिन पनि नीति तथा कार्यक्रम जनताको पक्षमा आउनुपर्दछ ।

स्थानीय सरकार एउटा मात्र त्यस्तो सरकार हो जुन जनताको घर आँगन सम्म जोडिन पुगेको हुन्छ ।  स्थानीय तहबाट नै जनताका दैनिकी सुरु भएको हुन्छ ।  जन्म दर्ता बनाऊ, नागरिकताको सिफारिस बनाउन, घरको कर तिर्न एवं विभिन्न कामहरू सम्पन्न गर्न जनता जाने भनेको नै स्थानीय सरकार समक्ष हो  । त्यस कारण स्थानीय सरकार जनतासँग नजिक पनि छ र विशेष गरेर यसले नीति निर्माण  गर्नुअघि आमजनताका कुराहरू सुनी बहसको विषय बनाउन जरुरी छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१(१) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१(३) राजश्व र व्यय (बजेट) अनुमान प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय सभामा पेस गरिसक्नु पर्ने भन्ने व्यवस्था गरेको छ । यस व्यवस्थालाई हेर्दा अव समय छोटो छ । त्यस अगावै स्थानीय सभाले नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ ।

स्थानीय सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि जनताहरू माझ गएर उनीहरुक‍ो अपेक्षा सुन्नको लागि नीति बहस जस्ता कार्यक्रम चलाउन जरुरी छ । नीति बहसले सरकारलाई नीति निर्माणमा सजिलो पुर्‍याउनुका साथै आफूले विगतमा गरेका कमी कमजोरी सच्चाउनमा मद्दत पुराउँछ । संविधानको मूल मर्म भन्नू नै जनताका  आधारभूत आवश्यकता सँगसँगै उनीहरूले पाउनुपर्ने मौलिक हक तथा अधिकारहरू हुन् । त्यस कारण नीति निर्माणका जनतालाई प्रत्यक्ष संलग्न गराउन पनि नीति तथा कार्यक्रम सरकारले गर्नु सबै जनतालाई भेला गरेर उनीहरूको अपेक्षा सुन्न जरुरी देखिन्छ ।

नागरिकको हक अधिकार सुनिश्चित गर्ने राज्यको मूल दायित्व हो र  सरकारले गर्ने हरेक गतिविधिमा जनताको प्रत्यक्ष संलग्नता जोडिनुपर्छ भन्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको उच्चतम मान्यता हो । त्यस कारण जनताको जनभावना अनुसार हरेक सरकारले नीति निर्माण गर्दा ध्यान दिनुका साथै आफ्नो कार्यशैलीलाई सरकार मुखी नभई जनमुखी बनाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?