ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग सम्झौता

१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

गुल्मी, १५ जेठ ।

गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त स्थित बुङ्गो ओनो नगरपालिका बिच मैत्रीपूर्ण सहयोग आदान–प्रदान गर्ने सम्झौता गरिएको छ । मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल ‘जीवन’ र जापानको बुङ्गोओना नगरका मेयर कावानो फुमितोसी बिच संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मुसिकोट र जापानको बुङ्गो ओनो नगरपालिका बीच गत वर्ष मुसिकोट नगरपालिकामा आयोजित एक कार्यक्रममा भगिनी सम्बन्ध बिस्तार भइसकेको थियो । दुई नगरपालिका बिच कृषि, पर्यटन, शिक्षा, संस्कृति लगायतका क्षेत्रमा सहयोग पुग्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले जानकारी गराएका छन् । नगर प्रमुख खरेलले मुसिकोट नगरपालिकाले यो महत्त्वपूर्ण अवसरलाई आगामी दिनमा थप उपलब्धि मूलक बनाउँदै अघि बढ्ने बताए ।

जापानमा आयोजित एक कार्यक्रममा बुङ्गो ओनो नगरका प्रमुख कावानो फुमितोसीले दुई नगरको नयाँ सम्बन्ध र सहकार्यले दुवै देशको अर्थतन्त्र र पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए । मुसिकोट जन्मिएर जापानमा व्यवसाय गर्दै कर्मथलो बनाउँदै आउनु भएका युवा व्यवसायी एवं समाजसेवी रोशन केसीले दुई देश बिचमा भगिनी सम्बन्ध बिस्तारका लागि ठुलो भूमिका निर्वाह गरेका थिए । उनले जापानको बुङ्गो ओनो नगरले पाँचौँ स्थानीय तहको रूपमा मुसिकोट नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको बताए ।

गतबर्ष मुसिकोट नगर र आईता प्रान्त बुङ्गो ओनो नगरपालिकाका जनप्रतिनिधि बिच सद्भावनापूर्ण भेटघाट र समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भगिनी सम्बन्ध बिस्तारको लागि जापानको बुङ्गोओनो नगरका प्रमुख फुमितोसी काबानोको नेतृत्वमा पाँच सदस्यीय टोली मुसिकोट आएको थियो । अहिले नेपालको तर्फबाट मुसिकोट नगरपालिकाका प्रमुख खरेललाई बुङ्गो ओनो नगरले जापानमा उक्त कार्यक्रमका लागि निमन्त्रणा गरेको थियो । गत वर्ष नेपाल आएको बेला मुसिकोट र बुङ्गो ओनो नगरबिचको सहमति पत्रमा हस्ताक्षर गर्दै बुङ्गो ओनो नगरका प्रमुख फुमितोसी खबानोले मुसिकोटमा कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै आफूहरू त्यस क्षेत्रमा लगानी गर्नको लागि इच्छुक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?