ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

थारु परम्परा अब कानुनी ढाँचामा लुम्बिनीमा ‘वडघर ऐन’ ल्याउने तयारी 

१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

लमही, १५ जेठ ।
लुम्बिनी प्रदेशका सरकारले थरुहरू जातिमा परम्परादेखि चल्दै आएको बडघर प्रथालाई थारु अब कानुनी ढाँचामा लाने तयारीमा रहेको छ । लुम्बिनी प्रदेशका प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत सामाजिक संरचना वडघर प्रणालीलाई कानुनी रूप दिन प्रदेश सरकार ‘वडघर ऐन’ ल्याउने तयारीमा रहेको बताएका छन् । देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाँके जिल्लाका थारु समुदायका प्रतिनिधिहरूसँगको छलफलमा मुख्यमन्त्री आचार्यले वडघर संरचनालाई विधिसम्मत ढङ्गले संस्थागत गर्न ऐन निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए । “समाजको समृद्ध र न्यायपूर्ण रूपान्तरणका लागि परम्परागत संरचनालाई आधुनिक शासन प्रणालीसँग जोड्दै अघि बढ्न जरुरी छ,“ मुख्यमन्त्री आचार्यले भने, “वडघर प्रणालीको महत्वलाई राज्यले सम्मानका साथ स्वीकार गर्दै अध्ययन, परामर्श र कानुनी प्रक्रिया पूरा गरी ऐन ल्याउने तयारी भइरहेको छ।“उनले थारु समुदायको कला, संस्कृति, भाषा र लिपिको संरक्षण र प्रवर्द्धनमा सरकार विशेष रूपले क्रियाशील रहेको पनि बताए । “थारु समुदायको बाक्लो उपस्थिति भएका जिल्लामा केन्द्रित कार्यक्रममार्फत पछाडि पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउने सरकारको स्पष्ट नीति छ,“ उनको भनाइ थियो ।

छलफलमा कोहलपुर नगरपालिकाबाट सहभागी थारु समुदायका प्रतिनिधिहरूले मुख्यमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै वडघर प्रणालीलाई संरक्षित, संस्थागत र सशक्त बनाउन आग्रह गरे । वडघर प्रणाली थारु समुदायमा सामाजिक न्याय, सामूहिक निर्णय प्रक्रिया, मेलमिलाप र सहजीवनको अभ्यासको रूपमा विकसित भएको संरचना हो, जसले शान्ति सुव्यवस्था, सामाजिक ऐक्यबद्धता र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

प्रतिनिधिहरूका अनुसार अहिलेको चुनौती भनेको यस ऐतिहासिक परम्परालाई राज्यका नीतिगत संरचनासँग जडान गर्दै दिगो रूपमा संरक्षण गर्नु हो । लुम्बिनीका केही स्थानीय पालिकाहरूले बडघर प्रथालाई कानुनी मान्यता दिएका छन् भने कहिले मस्यौदा तयारीमा रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताए । “बडघर“ भन्ने शब्द “ठुलो घर“ वा “मुख्य घर“ भन्ने अर्थ दिन्छ। यस प्रणालीमा, एक गाउँमा सबैभन्दा अगुवा, अनुभवी, वा प्रभावशाली व्यक्तिलाई ’बडघर’ भनिन्छ, र उनले गाउँका सामाजिक, धार्मिक, तथा न्यायिक कार्यहरूमा नेतृत्व गर्ने गर्छन् ।
सामाजिक नेतृत्व: बडघरले गाउँका झगडा समाधान गर्ने, मेलमिलाप गराउने, र सामुदायिक काममा समन्वय गर्ने भूमिका लिन्छ ।, अनौपचारिक न्याय प्रणाली: कुनै पनि विवाद परेमा मानिसहरू अदालत होइन, पहिले बडघर कहाँ जान्छन् । बडघरले गाउँको परम्परा र नैतिक मूल्यका आधारमा न्याय दिन्छ । त्यसै गरि धार्मिक तथा सांस्कृतिक भूमिका: गाउँमा हुने पूजापाठ, चाडपर्व, रीतिरिवाजमा बडघरले नेतृत्व गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?