© २०२३
काठमाडौं,१५ जेठ।
सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलब वृद्धि नगरी महँगी भत्ता मात्र ५ हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभावका कारण तलब नबढाइएको स्पष्ट पार्दै, महँगी भत्ता वृद्धि गरेर राहत दिने प्रयास गरिएको बताए।
सरकारी कर्मचारीहरूले तीन वर्षपछि तलब बढ्ने अपेक्षा राखिरहेका बेला यो वर्ष पनि तलब यथावत राखिएको छ। सरकारले तलब बढाउन नसके पनि महँगीको भार कम गर्न भत्ता बढाइएको जनाएको छ।