Butwal Today

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, केहीबेरमै संसदमा प्रस्तुत हुँदै

१५ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं,१५ जेठ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारिएको राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्ताव पेश गरेका थिए, जसलाई बैठकले स्वीकृति दिएको हो।

अब स्वीकृत बजेट केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री पौडेलले औपचारिक रूपमा प्रस्तुत गर्नेछन्। यस बजेटमार्फत सरकारले आगामी वर्षका लागि प्राथमिकता, योजना, विकासखर्च, सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम तथा कर नीति सार्वजनिक गर्नेछ।