Butwal Today

प्रतिनिधिसभामा चालू आवको आर्थिक सर्वेक्षण पेस

१५ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। सरकारले वार्षिक बजेट पेस गर्नु अघि प्रस्तुत गरिने यो दस्तावेजमा मुलुकको आर्थिक, सामाजिक र भौतिक प्रगतिका सूचकहरू समेटिएका छन्। आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षको समग्र आकलन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रम निर्माणका लागि आधार तयार पार्ने उद्देश्य राखेको हुन्छ।

सर्वेक्षणमार्फत देशको आर्थिक वृद्धिदर, महँगी, रोजगारी, व्यापार घाटा, लगानी, उत्पादन लगायतका सूचकहरू विश्लेषण गरिएको छ। अर्थतन्त्रको वर्तमान अवस्थाबारे स्पष्ट तस्वीर दिने यस दस्तावेजको प्रस्तुति बजेट निर्माण प्रक्रियाको एक महत्वपूर्ण पाटो मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?