Butwal Today

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक

१५ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १५ जेठ।

संघीय संसद्को संयुक्त सदनमा आज प्रस्तुत गरिन लागिएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजस्व तथा व्ययको अनुमान अर्थात बजेट प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछन्। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उनले आजै दिउँसो ३ बजे संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।