काठमाडौं, १५ जेठ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ हुने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै राजस्व, व्यय र प्राथमिकता क्षेत्रहरूका बारेमा जानकारी गराएका हुन्।
यो बजेट आर्थिक स्थायित्व, विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारमा केन्द्रित हुने अपेक्षा गरिएको छ।



