Butwal Today

नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट

१५ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं ।

आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ (३६०२) मेगावाट पुगेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्मा उक्त सर्वेक्षण प्रस्तुत गर्दै यो विवरण सार्वजनिक गरेका हुन्।

सर्वेक्षणअनुसार वैकल्पिक ऊर्जासहित देशभर विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा विस्तार भइसकेको छ, जुन ऊर्जा पहुँचको हिसाबले उल्लेखनीय प्रगति मानिन्छ।

विद्युत् व्यापारतर्फ हेर्दा, चालु आर्थिक वर्षको फागुन महिनासम्म भारततर्फ १ हजार ७ सय ७५ गिगावाट विद्युत् निर्यात गरिएको छ, भने भारतबाट ९ सय २९ गिगावाट आयात गरिएको छ। यसले नेपाल–भारत ऊर्जा कारोबारमा सन्तुलनको प्रयास भइरहेको संकेत गर्छ।