ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

विद्यार्थीको साइकलमा रिफ्लेक्टिभ स्टिकर

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

कपिलवस्तु, १४ जेठ ।

लोकतन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसर पारेर तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीको साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ ।

ट्राफिक प्रहरी कार्यालय तौलिहवाको प्राबिधिक सहयोग र बुद्ध पद्म माध्यमिक बिद्यालयको समन्वयमा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा बिद्यार्थीहरुको साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो ।

सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीको ७ सय बढी साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो । रेडियमको स्टिकर अंध्यारोमा टल्कने हुँदा साइकलमा यात्रा गर्ने विद्यार्थीहरुलाई दुर्घटनामा पर्नबाट जोगाउने कार्य गर्दछ । रिफ्लेक्टिभ स्टिकर टाँस्ने क्रममा विद्यालयमा आयोजित बिहानी प्रार्थना सभामा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक दिपकराज गिरीले सडक सुरक्षा बारे विद्यार्थीलाई सचेतना प्रवाह गरेका थिए ।

उनले विद्यार्थीहरुलाई साइकलमा सामूहिक रुपमा कुराकानी गर्दै नहिंड्न, लाइसेन्स लिएर हेल्मेटको अनिवार्य प्रयोग गरेर सवारी साधन चलाउन, क्षमता भन्दा बढी व्यक्ति सवारी साधनमा नचढाउन र ट्राफिक नियमको पालना गर्दै सडकमा यात्रा गर्न सचेतना प्रवाह गरेका थिए ।

विद्यार्थीहरुको साइकलमा रिफ्लेक्टिभ स्टिकर लगाउने कार्यले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना अभिवृद्धिमा सहयोग पुर्याउने उनले बताए । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर विद्यार्थीको साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने र ट्राफिक सचेतना गर्ने कार्य प्रभावकारी भएको बुद्ध पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम भण्डारीले बताए ।

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसर पारेर साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाईले बताए । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख सहितको टोली, प्रेस युनियनका जिल्ला कोषाध्यक्ष बृजेश जयसवाल, सदस्यहरु विनोद अधिकारी, अनिल कुमार माली, हनुमान पाण्डेय, समाजसेवी अखिलेश्वर दुबे लगायत विद्यालयका शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?