ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
चिडियाखोला बाल विकास केन्द्र

पाइला सानो, भविष्य ठूलो

साना बालबालिकाहरु केन्द्रमा प्रार्थना गर्छन् । बालगित गाउँछन् । हाजिरी गर्छन् । चार्टको तालिका अनुसार पढ्छन् । केही समय खाजा खाने, लेख्न सिक्ने र होम वर्क तयारीमा लाग्छन् ।
१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

बुटवल, १४ जेठ ।

बुटवल र पाल्पाको सीमामा छ तिनाउ एकता टोल । बुटवल उपमहानगरपालिकाको वडा नं. ३ मा पर्ने चुरेको फेदमा रहेको टोलमा करिब साढे ६ सय बसोबासी छन् । पारी चुरेको डाँडाले घेरिएको सुन्दर टोल । टोलको सिरानमा पूर्वतर्फ हरियाली बगैचा छ । हरियाली बगैचा, रंगीबिरंगी फूलहरु, वरपर आँप, लिचीका रुख । चारैतिर तारजाली गरेर बनाइएको छ चिडियाखोला बाल विकास केन्द्रको पूर्वाधार ।

दुई कोठे घर साथमा सानो किचन, शौचालयसहितको भवन छ । टोलका साना बालबालिकाहरु भवनमा बिहान १० बजेबाट आउन सुरु गर्छन् । वि.सं. २०५८ सालमा स्थापना भएको केन्द्रले तीनदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै विद्यालय जाने बानी बसाल्ने तथा प्रारम्भिक शिक्षा र व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । टोलमा बसोबास गर्ने अधिकांश बासिन्दा दैनिक ज्यालादारी गर्छन् । अव्यवस्थित बसोबासीको बाहुल्यता रहेको वडावासीहरु बिहान सबेरै उठ्छन् । बजारमा ज्यालादारी गर्छन् । कोही पसलमा काम गर्छन् । तिनै श्रम गर्ने अभिभावकका स–साना बच्चाहरु भने अक्षर चिन्न बाल केन्द्र धाउँछन् । व्यस्त र असंगठित जीवनशैलीबिच यहाँका साना बालबालिकाका लागि चिडियाखोला बाल विकास केन्द्र एक उज्यालो कोसेढुङ्गा बनेको छ ।

शिक्षिका बिन्दु गौतमले सुरुवाती चरणमा कठिनाइ भएपनि अहिले पूर्वाधार, मन्टेश्वरी सामग्रीहरु समेत हुँदा बालबालिका भुल्ने गरेको बताइन् । बिहान गेटमा अभिभावक, बालबालिकाहरुलाई स्वागत गर्ने, हाजिरी गर्ने, विभिन्न रचनात्मक कार्यहरु सिकाउने, पढाउने, हातमा कलम समाएर लेखाउने अभ्यास गराउँछन् । यसैगरी टिभीमा उनीहरुको रुचि अनुसार बालगित बजाएर नचाउने समेत गर्दछन् । म्याचिङ बोर्ड मिलाउने गर्दछन् । यहाँको सिकाईले बच्चाहरु ट्यालेन्ट बनेको उनले उदाहरण दिइन् । एक वर्षदेखि २ वर्षसम्म पढ्छन् । केन्द्रमा गोलपार्क पुल्चोक, बमघाटका समेत बच्चाहरु आउँछन् । अझ कतिपय केन्द्रमा पढेर गएका विद्यार्थीहरुको अभिभावकहरुबाट भएको प्रचारका कारण पनि अहिले धेरै बच्चाहरु भर्ना भैरहेको उनले बताए । साना बालबालिकाहरु केन्द्रमा प्रार्थना गर्छन् । बालगित गाउँछन् । हाजिरी गर्छन् । चार्टको तालिका अनुसार पढ्छन् । केही समय खाजा खाने, लेख्न सिक्ने र होम वर्क तयारीमा लाग्छन् ।

लक्षित वर्गका बालबालिकाहरुलाई मध्यनजर गरी सञ्चालन भएको बाल विकास केन्द्रबाट फाइदा भएको कोषाध्यक्ष गोपाल प्रधान बताउँछन् । ‘साना बालबालिकाहरुलाई विद्यालय जान तयार गर्ने र ज्ञानगुनका कुरा सिकाउन केन्द्र सफल भएको छ’–उनले भने । एक सानो प्रयास तर गहिरो प्रभाव पारेको छ । ‘शिक्षा र सामाजिक चेतनाको सुरुवाती बिन्दु बनेको यो केन्द्रले बुटवलको तिनाउ टोलमा बालबालिकाको उज्यालो भविष्यको ढोका खोल्दैछ’– उनले भने । बुटवल उपहानगरपालिका वडा नं ३ चिडियाखोलामा रहेको बाल विकास केन्द्रमा यो वर्ष २२ जना बालबालिकाहरु भर्ना भएका छन् । ‘बिहान १० बजे आएर २ बजेसम्म केन्द्रमा नै खेल्छन्, पढ्छन् । करिब साढे ३ घण्टा भुल्छन्’– उनले भने ।

सरकारले विद्यालयमा नर्सरी कक्षा हटाउने निर्णयसँगै बालबालिकाहरुलाई यस्ता केन्द्रबाट सिकाईमा फाइदा मिलेको छ । वि.सं २०५८ सालमा स्थापना भएको हो । केन्द्रमा हाल दुई जना कर्मचारी छन्, जसमा एक जना संघ तथा प्रदेश सरकारको तर्फबाट खटिएका बाल विकास सहजकर्ता र अर्को स्थानीय पालिकाबाट सहयोगमा नियुक्त व्यक्ति हुन् ।

वडामा पिछडिएको बस्तीमा मजदुरी गरी खाने अभिभावकहरुको बच्चाहरुलाई लक्षित गरी बाल विकास केन्द्र सुरुवात भएको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ढकाल स्मरण गर्छन् । ‘श्रमिकहरुको बच्चाहरुलाई शिक्षा दिने गरी केन्द्र सुरु भएको हो’– उनले भने । टिनको छाप्रो र पानी चुहिने समस्या बेहोरेको बेला तत्कालीन समयमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममार्फत सहयोग जुटाएर ७ लाख रुपियाँमा हालको पूर्वाधार तयार भएको उनले बताए । अभिभावकहरुलाई काममा जान सहज हुने र ससाना केटाकेटीहरुलाई पढाईप्रति रुचि जाग्ने हुँदा केन्द्रको प्रभाकारिता बढेको उनको तर्क छ । आफू वडाध्यक्ष निर्वाचित भएपछि पनि प्रत्येक वर्ष सहयोग गर्दै आएको उनले बताए । सामुदायिक विद्यालयमा चलाइने इसिडि क्लास र यो केन्द्र एउटै भएको उनले बताए । वडामा हाल सामुदायिकमा जनज्योती आधारभूत विद्यालय र बाल विकास केन्द्र गरी दुई वटा शैक्षिक केन्द्रहरु तथा ३ वटा संस्थागत विद्यालय छन् ।

बाल क्लवलाई सिद्धार्थ बैकको भान्साघर

यसैबिच चिडियाखोला बाल क्लबलाई सिद्धार्थ बैक, मणिग्राम शाखाले भान्साघर निर्माण गरिदिएको छ । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ढकाल, बैक लिमिटेड मणिग्राम शाखाका शाखा प्रमुख अभिषेक थापा, बुटवल शाखाका प्रवन्धक चन्द्रदेव पौडेल, कर्जा शाखाका उदित नारायण खनालले करिब ५ लाख रुपियाँ लागतमा भान्साघर निर्माण गरी केन्द्रका कावा अध्यक्ष मन्जु प्रधानलाई हस्तान्तरण गरे ।

तिनाउ एकताशिलका अध्यक्ष जग बहादुर श्रेष्ठ, जनज्योती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पाण्डे, शान्ति टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठ, चिडियाखोला खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष लक्ष्मण पोखरेल, बाल विकास केन्द्रका कोषाध्यक्ष गोपाल कुमार प्रधान, समाजसेवी आनन्द भगत श्रेष्ठले सबैको सहयोगमा केन्द्र बुटवलकै नमुना बन्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?