Butwal Today

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ८ अर्ब नाघ्यो

१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधवार दोहोरो अङ्कको सुधार देखिएको छ। नेप्से १७.४४ अंकले बढेर २,६९३.०६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ४.२३ अंकले, फ्लोट इन्डेक्स १.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५९ अंकले वृद्धि भएको छ।

बुधवार ३२३ कम्पनीका २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ पुगेको छ। यो मंगलबारको ६ अर्ब ५२ करोड रुपैयाँको कारोबारभन्दा उल्लेख्य वृद्धि हो।

ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीका सेयरहरू सकारात्मक सर्किट लेभलमा पुगे भने ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ९.८५ प्रतिशतको उल्लेखनीय वृद्धि देखियो। तर, बाराही हाईड्रोपावरका सेयर भने सबैभन्दा धेरै घटेका छन्।

सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावर कम्पनीको सेयरमा भएको छ, जहाँ १ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भयो। राधी विद्युतको ६० करोड र युनिभर्सल पावरको ५१ करोड बराबरको कारोबार भएको छ।