ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

औषधीजन्य फोहोर ब्यवस्थापन तालिम सम्पन्न

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

बुटवल, १४ जेठ । रुपन्देहीका औषधी ब्यवसायीहरुलाई एक दिने औषधीजन्य फोहोर ब्यवस्थापन तालिम दिईएको छ । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाको आयोजनामा आफ्नो ब्यवसायीहरुलाई औषधीजन्य फोहोर ब्यवस्थापन तालिम दिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका जनस्वस्थ्य शाखाका अधिकृत मिन प्रसाद खनालले अस्पतालजन्य फोहोर ब्यवस्थापनको कानुनी गाईडलाईन, संस्था दर्ताबारे जानकारी दिदै यसको अक्षरस पालना आवश्यक रहेको बताए । फोहोर ब्यवस्थापनमा नेपाल सरकारको गाईडलाईनलाई आफुहरु कार्यान्वयनमा जोड दिदै आएको उनको दाबी छ । हरेक अस्पतालमा नै फोहोर ब्यवस्थापनको समिति बनाउनुपर्ने प्रावधान रहेको र संयन्त्रबाट काम गर्न सहज हुने उनको तर्क छ । अस्पतालको फोहोर जलाउन नहुने तर्क दिदै उनले अटोक्लेपको प्रयोग, यसबाट अनुगमनको क्रममा संस्थाको पहिचानबारे प्रष्ट पारे । हाल अस्पताल जन्य फोहोरमध्ये केवल १० प्रतिशतमात्र संक्रमणयुक्त हुने र बाकी साधारण फोहोर उत्पादन भैरहेको भन्दै उनले मुहारबाट नै फरक ब्यवस्थापन गर्न सके धेरै राम्रो हुने बताए । जलबायु परिवर्तन र फोहोरको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले कतिपय औषधीजन्य सामग्रीहरुको अनावश्यक प्रयोगलाई रोक्नुपर्ने बताए । संक्रमण बिहिन फोहोर नगरपालिकाको सवारीमा ढुवानी गर्न उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले एउटा संस्थाबाट अप्नाएको राम्रा अभ्यासलाई अन्यबाट समेत लिने गरि महत्वपुर्ण कार्यक्रम भएको बताए । ब्यवसाय मर्यादित हुने गरि संस्थाबाट नितिगत रुपमा अघि बढाउनुपर्ने उनले बताए । म्याद ग्रुजेका औषीको संख्या बढदो रहेको उनले बताए । विवरण सहितको औषधी लिन समेत उनले आग्रह गरे । फोहोरसंग औषधीको म्याद गुज्रेको समेत ब्यवस्थापनमा समेत जोड दिनुपर्ने बताए । अस्पतालबाट केवल १० प्रतिशतमात्र फोहोर संक्रमणयुक्त फोहोर उत्पादन हुने उनले बताए ।

कार्यक्रममा संघ रुपन्देही जिल्लाका संस्थापक अध्यक्ष सुरज भट्टराईले संस्थाको वार्षिक कार्ययोजना अनुसार दक्षता अभिवृध्दि गर्ने लक्ष्य अनुसार महत्वपुर्ण काम भएको बताए । क्लिनिक दर्तामा स्वास्थ्य सहायक अनिवार्य त्रुटिपुर्ण कानुनका रुपमा रहेको भन्दै परिवर्तनका लागि लामोसमयदेखि संघ लागेको उनले बताए । यसअघि प्रदेश सरकारबाट अस्पतालजन्य फोहोर ब्यवस्थापनमा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको पहल स्मरण गर्दै तत्कालन ३० लाख रुपैया बजेट बिनियोजन भएको भएपनि त्यो काम अघि बढ्न नसकेको उनले दुखेसो गरे ।

कार्यक्रममा क्रिमशन अस्पतालका फोहोर ब्यवस्थापन संयोजक कुसुम बस्नेतले अस्पतालमा अप्नाईएको अभ्यासबारे जानकारी दिईन ।

कार्यक्रममा संघका अध्यक्ष खड्ग बहादुर बस्नेतले ब्यवसायीक हकहितसंगै सामाजिक क्षेत्रमा समेत संस्थाको पहिचान बनाउन सफल रहेको बताए । संस्थामा आवद्ध ब्यवसायीहरुको सहयोगमा आगामी दिन स्थानिय पालिकासंग समन्वय गरि फोहोर ब्यवस्थापनको लागि स्थाई स्थल निमार्णमा जोड दिएको बताए । बुटवल क्षेत्रमा मात्र ६ सय बढि ब्यवसायीहरु रहेको भन्दै यसलाई पालिकास्तरमा फोहोर ब्यवस्थापनको लागि पहल गर्न सके प्रभावकारी हुने उनको तर्क छ ।
कार्यक्रममा संघका उपाध्यक्ष माधव खनाल, महासचिव कृष्ण प्रसाद शर्मा पोखरेल, कार्यक्रममा संयोजक नारायण थापाले संवेदनसिल पेशा भएको हुदा पनि सरसफाईमा विशेष ध्यान दिन जरुरी रहेको भन्दै सबै क्षेत्रको सहकार्यमा आगामी दिनमा समस्या समाधानमा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?