ट्रेंडिंग:

>> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो

सिपलाई आम्दानीको बाटोमा लैजाने अठोट 

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

सल्यान, १४ जेठ ।
सल्यानका महिलाहरूले आफूले सिकेको सीपलाई आम्दानीको बाटोमा लैजाने भन्दै आत्मविश्वास बढेको बताएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ दारिम ज्युलामा एक महिने एडभान्स कटाइ सिलाइ सम्बन्धी सीप विकास सम्बन्धी तालिम लिएपछि महिलाहरूले आफूले सिकेको सीप र सिलाइ मेसिनलाई आम्दानीको माध्यम बनाउने अठोट गरेका हुन । यद्यपि थप दक्षताका र व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट सहयोगको अपेक्षा छ । मङ्गलवार आयोजित तालिम समापनमा बोल्दै सहभागी रमा डाँगीले तालिमबाट जीवनमा केही गर्न सकिन्छ भन्ने हिम्मत आएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाइन ।

छत्रेश्वरी गाउँपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि सञ्चालित एडभान्स कटाइ सिलाइ सीप विकास तालिम मङ्गलवार सम्पन्न भएको हो । तालिममा सहभागी १३ जना महिलाहरूले सिलाइ मेसिनको दक्ष प्रयोगदेखि लिएर गला, बाउला, पाइपिङ, डिजाइन कुर्ता, पटेला सुरुवाल, चौबन्दी चोली, जेन्स स्कुल सर्टपाइन्ट, म्याक्सी, पाइजामा आदि सिलाउने सीप सिकेका थिए । सहभागीहरूले तालिमलाई आफूहरूको जीवनमा परिवर्तन ल्याउने अवसरका रूपमा लिएको बताएका छन् ।समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आत्मनिर्भर बनाउनु र सिपमार्फत जीविकोपार्जनमा सहयोग पु¥याउनु पालिकाको लक्ष्य भएको बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै पालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलाहरू सक्षम भएमा त्यसको प्रत्यक्ष प्रभाव परिवार, समाज र समग्र गाउँपालिकामा देखिने बताउँदै कटाइ सिलाइ सीपलाई प्राथमिकता दिएर व्यावसायिक रूपमा अघि बढ्न सुझाव दिइन । कार्यक्रममा कार्यपालिका सदस्य पवित्रा डाँगी, वडा सदस्य जयकली विक, उद्यम विकास सहजकर्ता निमा बस्नेत, प्रशिक्षक बसन्ती खड्का लगायतले सिपको महत्वबारे चर्चा गर्दै तालिम लिएका महिलाहरूलाई हौसला प्रदान गरेका थिए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले तालिम सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?