ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

व्यापार सङ्घद्वारा रक्तसञ्चार केन्द्र स्थापना गर्न साढे १ करोड लगानी 

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

बुटवल, १४ जेठ  ।

वि.सं.२०५७ साल स्थापना भएको रुपन्देही व्यापार सङ्घले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सञ्चार सेवा केन्द्र स्थापनाको लागि डेढ करोड बढीको उपकरण प्रदान गरेको छ । सङ्घले आफ्नो सामाजिक कार्य अन्तर्गत यस क्षेत्रको आवश्यक्ता र आम सर्वसाधारण नागरिकहरूको सेवाभावलाई पहिलो प्राथमिकता दिँदै उक्त उपकरण प्रदान गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा प्रादेशिक अस्पतालभित्र नेपालकै नमुना र अत्याधुनिक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्न लागिएको लागेको सङ्घका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

रुपन्देही व्यापार सङ्घको आर्थिक लगानीमा स्थापना गर्न लागिएको ब्लड बैंक लुम्बिनी प्रादेशिक अस्पतालको हातामा यही २०८२ जेठ १७ गते बिहान ठिक १० बजे लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आर्चायबाट उद्घाटन एवं शुभारम्भ गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । समुद्घाटन पूर्व अस्पताल हाताभित्रै सोही दिन बिहान ठिक ८ बजेदेखि वृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रममा सम्पूर्ण सङ्घसंस्थाहरू तथा रक्तदाता महानुभावहरूलाई सहभागिताको लागि आव्हान समेत गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको भोगाधिकार, संरक्षण र व्यवस्थापनमा रहेको अस्पताल हाताभित्र आवश्यक संरचना अस्पतालले तयार गर्ने र रुपन्देही व्यापार सङ्घले सोमा लाग्ने उपकरण उपलब्ध गराएको छ ।

सो केन्द्रको दिगो संरक्षण, सम्र्बद्धन, मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी अस्पतालको रहने तथा दुबै पक्षको समझदारीमा रक्त सञ्चार केन्द्र सरकारले बनाएको राष्ट्रिय नीति अन्तर्गत आवश्यक कार्यविधि, समिति, नियमावली बनाई नीतिले तोके बमोजिम सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ । रक्त सञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण पछिल्लो नयाँ तथा आधुनिक प्रविधियुक्त रहेको छ । ती उपकरण खरिदका लागि सङ्घले रु. १ करोड ५८ लाख २० हजार नगद लगानी गरेको छ । रक्तसञ्चार केन्द्रमा जर्मनमा निर्मित अत्याधुनिक मेशिनहरू जडान गरिएको छ भने एकै पटक एक हजार बराबर युनिट (पोका) रगत सङ्कलन गरी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । सङ्घले ब्लड बैंक स्थापनालाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगतको मेघा परियोजनाका रूपमा अगाडी बढाएको जनाउँदै त्यसको आधुनिक स्तरोन्नतिका लागि आगामी दिनमा पनि सङ्घले जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता समेत व्यापार सङ्घले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?