Butwal Today

प्रधानमन्त्री कप भलिबलमा महिला तर्फ पुलिस अपराजित रहँदै फाइनलमा

१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको महिला तर्फ नेपाल पुलिस क्लब अपराजित रहँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ। आज सम्पन्न खेलमा साविक विजेता पुलिसले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग चरणको अन्त्य गर्‍यो।

यस नतिजापछि पुलिस ५ खेलमा १४ अंक जोड्दै शीर्ष स्थानमा रह्यो भने न्यु डायमन्ड १२ अंकसहित दोस्रो स्थानमा रहन पुग्यो। यी दुई टोलीबीच अब उपाधिका लागि भिडन्त हुनेछ, जसले प्रतियोगिताको रोमाञ्चक समापन सुनिश्चित गरेको छ।

तेस्रो स्थानका लागि महिला तर्फ नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लब भिड्नेछन्। पुरुषतर्फ भने गण्डकी प्रदेश र हेल्प नेपाल फाइनल खेल्ने भएका छन्, जबकि तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?