Butwal Today

प्रतिनिधिसभा बैठक स्थगित

१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। अब बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ। सोही बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिनेछ।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे शंका उठाउँदै उनीहरूले छानबिन समिति गठन र राजीनामा नभएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनी दिँदै आएका छन्।

बजेटजस्तो संवैधानिक प्रक्रिया अवरोध नहुने विपक्षीको भनाइ रहे पनि सामान्य बैठक कार्यसूचीमा भने अझै अवरोध कायमै रहने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?